‘स्टारडम’ले मेकरको रोजाइमा परेको दशकपछि बल्ल हिट लिस्टमा अनमोल « Khabarhub

‘स्टारडम’ले मेकरको रोजाइमा परेको दशकपछि बल्ल हिट लिस्टमा अनमोल


१७ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘महँगो हिरो’ बनेर फिल्म क्षेत्रमा चहलपहल पाइसकेपछि ठक्कर खाएर त्यसको निर्मम समीक्षा पश्चात अनमोल केसी ‘हिट लिस्ट’मा अटाएका छन् । करिअरको दोस्रो इनिङको दोस्रो फिल्म ‘जेरी अन टप’का कारण उनी हिट लिस्टमा पहिलो पटक परेका हुन् ।

‘फ्यान फलोइङ उच्च छ’ भन्ने निर्माताको बुझाइले महँगो पारिश्रमिक लिँदै आएका अनमोलको फिल्म अहिले आएर हिट लिस्टमा परेको हो । जबकि उनले ‘महँगो हिरो’को ट्याग पाउन थालेको नै दशक भइसक्यो ।

चलचित्र विकास बोर्डले २६ औं वार्षिक उत्सवको अवसरमा सार्वजनिक गरेको ‘अल टाइम हिट फिल्म’को सूचीमा अनमोलको स्टारर फिल्म ‘जेरी अन टप’ १४ नम्बरमा छ । यो फिल्मको ग्रस कलेक्सन १२ करोड २८ लाख छ ।

यो पनि : अनमोलको नायक यात्रा : ट्याग मेघा स्टार, दोस्रो इनिङले अनुभव गरायो १० करोडको ग्रस कलेक्सन

स्टारकिड भएकाले अनमोल केसीले फिल्मको हिरो बन्न थिएटर अभ्यास र अडिसन जस्ता संघर्ष गर्नु परेन । घरमै बस्दा अफर आएको फिल्म ‘होस्टल’बाट उनले सन् २०१३ मा डेब्यू गरे ।

बुवा भेटरान नायक भुवन केसी भएकाले उनले एक्पोजर पाए । पहिल्यै फिल्मबाट उनी स्टार नायक कहलिए । तेस्रो–चौथो फिल्म गर्दा त उनी ‘सबैभन्दा महँगो हिरो’को ट्याग पाइसकेका थिए ।

तर, उनको फिल्मको बक्स अफिस रिपोर्ट कमजोर नै थिए । समीक्षात्मक रुपमा उनको अभिनयमा पनि प्रश्न उठाइदै आएको थियो । उनको करिअरको १० फिल्म ‘छड्के २’ डिजास्टर फ्लप भयो । त्यस फिल्ममा उनको पारिश्रमिक ५० लाखको चर्चा थियो, व्यापार भने ३० लाख मात्रै भयो ।

त्यसपछि उनले करिअरको दोस्रो इनिङ सुरु गरेको घोषणा गरेका थिए । उनको दोस्रो इनिङको दोस्रो फिल्म विकास बोर्डको हिट लिस्टमा परेको हो ।

यहाँ आश्चर्यको कुरा– सबैभन्दा बढी फ्यान भएको भन्दै मोटो पारिश्रमिक लिने हिरोको फिल्म १४ नम्बरमा छन् । अर्थात्, १३ वटा फिल्मले उनको भन्दा बढी व्यापार गरेका छन् । ती १३ वटा फिल्मका नायक–नायिका अहिले पनि फिल्ममा सक्रिय छन्, स्व. श्रीकृष्ण श्रेष्ठ बाहेक ।

प्रकाशित मिति : १७ असार २०८३, बुधबार  ६ : ३९ बजे

आज शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल साउन ३० गते शनिबार सन् २०२६

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८३ साल साउन ३० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ३० गते शनिबार सन् २०२६

खगेन्द्र सुनारको चेतावनी : आरोपितलाई काखी च्यापेर फैसला गर्दै नहिँडौँ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

देउवा भन्छन्– सबै मिलेर जनतामा आशा जगाउनुपर्नेछ

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले