‘स्टारडम’ले मेकरको रोजाइमा परेको दशकपछि बल्ल हिट लिस्टमा अनमोल « Khabarhub

‘स्टारडम’ले मेकरको रोजाइमा परेको दशकपछि बल्ल हिट लिस्टमा अनमोल


१७ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘महँगो हिरो’ बनेर फिल्म क्षेत्रमा चहलपहल पाइसकेपछि ठक्कर खाएर त्यसको निर्मम समीक्षा पश्चात अनमोल केसी ‘हिट लिस्ट’मा अटाएका छन् । करिअरको दोस्रो इनिङको दोस्रो फिल्म ‘जेरी अन टप’का कारण उनी हिट लिस्टमा पहिलो पटक परेका हुन् ।

‘फ्यान फलोइङ उच्च छ’ भन्ने निर्माताको बुझाइले महँगो पारिश्रमिक लिँदै आएका अनमोलको फिल्म अहिले आएर हिट लिस्टमा परेको हो । जबकि उनले ‘महँगो हिरो’को ट्याग पाउन थालेको नै दशक भइसक्यो ।

चलचित्र विकास बोर्डले २६ औं वार्षिक उत्सवको अवसरमा सार्वजनिक गरेको ‘अल टाइम हिट फिल्म’को सूचीमा अनमोलको स्टारर फिल्म ‘जेरी अन टप’ १४ नम्बरमा छ । यो फिल्मको ग्रस कलेक्सन १२ करोड २८ लाख छ ।

यो पनि : अनमोलको नायक यात्रा : ट्याग मेघा स्टार, दोस्रो इनिङले अनुभव गरायो १० करोडको ग्रस कलेक्सन

स्टारकिड भएकाले अनमोल केसीले फिल्मको हिरो बन्न थिएटर अभ्यास र अडिसन जस्ता संघर्ष गर्नु परेन । घरमै बस्दा अफर आएको फिल्म ‘होस्टल’बाट उनले सन् २०१३ मा डेब्यू गरे ।

बुवा भेटरान नायक भुवन केसी भएकाले उनले एक्पोजर पाए । पहिल्यै फिल्मबाट उनी स्टार नायक कहलिए । तेस्रो–चौथो फिल्म गर्दा त उनी ‘सबैभन्दा महँगो हिरो’को ट्याग पाइसकेका थिए ।

तर, उनको फिल्मको बक्स अफिस रिपोर्ट कमजोर नै थिए । समीक्षात्मक रुपमा उनको अभिनयमा पनि प्रश्न उठाइदै आएको थियो । उनको करिअरको १० फिल्म ‘छड्के २’ डिजास्टर फ्लप भयो । त्यस फिल्ममा उनको पारिश्रमिक ५० लाखको चर्चा थियो, व्यापार भने ३० लाख मात्रै भयो ।

त्यसपछि उनले करिअरको दोस्रो इनिङ सुरु गरेको घोषणा गरेका थिए । उनको दोस्रो इनिङको दोस्रो फिल्म विकास बोर्डको हिट लिस्टमा परेको हो ।

यहाँ आश्चर्यको कुरा– सबैभन्दा बढी फ्यान भएको भन्दै मोटो पारिश्रमिक लिने हिरोको फिल्म १४ नम्बरमा छन् । अर्थात्, १३ वटा फिल्मले उनको भन्दा बढी व्यापार गरेका छन् । ती १३ वटा फिल्मका नायक–नायिका अहिले पनि फिल्ममा सक्रिय छन्, स्व. श्रीकृष्ण श्रेष्ठ बाहेक ।

प्रकाशित मिति : १७ असार २०८३, बुधबार  ६ : ३९ बजे

तीन दिनको माैसम पूर्वानुमान : कस्तो होला दसैँको माैसम ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन

निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी

चितवन – चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति

विश्वकप लिग-२ : जित्नैपर्ने खेलमा ओमानसँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम

विभिन्न भागमा मुख्य राजमार्ग तथा सडक खण्ड अवरुद्ध

काठमाडौँ – लगातारको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य

काठमाडौंमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

काठमाडौं- गोकर्णेश्वर नगरपालिका ९ आरुबारीस्थित राम मन्दिर नजिक सडकमा मोटरसाइकल