बालिकालाई अनैतिक कार्यमा लगाउने चार महिला पक्राउ « Khabarhub

बालिकालाई अनैतिक कार्यमा लगाउने चार महिला पक्राउ


१६ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

गण्डकी– पोखरा महानगरपालिका–१८ चिसाखोलाका विभिन्न खाजाघरमा बालिकालाई अनैतिक कार्यमा लगाएको आरोपमा प्रहरीले चार महिलालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१८ बस्ने ४२ वर्षीया मनदेवी क्षेत्री, ४१ वर्षीया इन्द्रा लामा, ४५ वर्षीया टिकामाया तामाङ र ४० वर्षीया मिनकुमारी गुरुङ रहेका छन् ।

उनीहरूलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अदालतबाट शुक्रबार सात दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।

आर्थिक अवस्था कमजोर भएका बालिकालाई विभिन्न प्रलोभन देखाई अनैतिक कार्यमा लगाउने गरेको सूचनाका आधारमा प्रहरीले ती महिलालाई पक्राउ गरेको हो । उक्त स्थानबाट एक बालिकाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८३, शनिबार  ५ : ३८ बजे

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज ३१ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग