सय बढी नक्कली उत्पादन बरामद « Khabarhub

सय बढी नक्कली उत्पादन बरामद


१७ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सयभन्दा बढी शङ्कास्पद नक्कली उत्पादन नियन्त्रणमा लिएको छ ।
 
विभागको अनुगमन टोलीले अनलाइन प्लेटफर्म र सामाजिक सञ्जालमार्फत बिक्री वितरण भइरहेका विभिन्न प्रकारका मासिल तेल, स्याम्पु, चिया, खाद्य पूरक आहारलगायत दैनिक उपभोग्य वस्तु नियन्त्रणमा लिएको हो ।
 
ती उत्पादनको गुणस्तर र मौलिकता तथा उपभोग गर्न मिल्नेनमिल्नेबारेमा परीक्षण भइरहेको विभागले जनाएको छ ।
 
उपभोक्ताको स्वास्थ्य र अधिकारलाई सुनिश्चित गर्न क्रियाशील रहेको जनाउँदै विभागका महानिर्देशक मोतिराम सापकोटाले नक्कली उत्पादनको बिक्री वितरण रोक्न बजार अनुगमनलाई तीव्र पारिएको स्पष्ट पारे ।   
 
उनका अनुसार परीक्षण प्रतिवेदनका आधारमा सम्बन्धित उत्पादनमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइनेछ । बजारमा शङ्कास्पद वा नक्कली उत्पादन देखिएमा जानकारी गराउन विभागले आग्रह गरेको छ ।
 

प्रकाशित मिति : १७ श्रावण २०८३, आइतबार  १ : ०९ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र