धुलाबारी खानेपानी आयोजना १३ महिनाअघि नै सम्पन्न « Khabarhub

धुलाबारी खानेपानी आयोजना १३ महिनाअघि नै सम्पन्न


१३ मंसिर २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा–  झापाको मेचीनगर नगरपालिका–९ मा निर्माण भएको धुलाबारी खानेपानी आयोजना निर्धारित समयभन्दा १३ महिनाअघि नै सम्पन्न भएको छ ।

विसं २०८२ असार २ गते शिलान्यास भएको उक्त आयोजना विसं २०८४ पुस मसान्तसम्म सम्पन्न गर्ने सम्झौता थियो । ३० महिनाको निर्माण अवधि तोकिएको आयोजना १७ महिनामै सम्पन्न भएपछि आज विधिवत् उद्घाटन गरिएको हो ।

धुलाबारी खानेपानी उपभोक्ता समितिका अध्यक्ष धनकाजी खत्रीका अनुसार आयोजनाको कूल लागत रु १० करोड ४० लाख ९९ हजार ६४८ रहेको छ । आयोजनाको निर्माणको ठेक्का काठमाडौँस्थित ग्लोबल कन्स्ट्रक्सन एण्ड वाटर ट्रिटमेन्ट प्रालिले पाएको थियो । कम्पनीले चार लाख ५० हजार लिटर क्षमताको ओभरहेड ट्याङ्की र अन्य संरचना निर्माण गरेको हो ।

निर्माण कम्पनीका सञ्चालक पारस लामिछानेले ३० महिनाको म्याद पाएको आयोजना १९ महिनामै सम्पन्न गरिएको जानकारी दिए । आयोजना निर्माणमा नेपाल सरकारको ७० प्रतिशत अनुदान र उपभोक्ता समितिको ३० प्रतिशत लागत सहभागिता रहेको छ । आयोजना सञ्चालनमा आएपछि मेचीनगर नगरपालिकाका वडा नं ९, १०, ११, १४ र १५ का तीन हजार ४२४ घर परिवारका १५ हजार ५१ जनसङ्ख्या प्रत्यक्ष लाभान्वित हुने अध्यक्ष खत्रीले जानकारी दिए ।

आयोजनाका लागि स्व टङ्कप्रसाद भट्टराई र स्व रुपादेवी भट्टराईले जग्गादान गरेका थिए । आयोजनाअन्तर्गत चार लाख ५० हजार लिटर क्षमताको ओभरहेड ट्याङ्की, दुई वटा डिप बोरिङ, दुई वटा पानी प्रशोधन प्लान्ट र १०७ किलोमिटर पाइपलाइन निर्माण गरिएको छ । त्यसैगरी, एक–एक वटा अपरेटर हाउस र जेनेरेटर घर तथा ४५ वटा भल्भ च्याम्बर निर्माण गरिएका छन् । रासस
 

प्रकाशित मिति : १३ मंसिर २०८३, आइतबार  ७ : २५ बजे

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा प्रतिबद्ध छौँ : महामन्त्री आचार्य

विराटनगर– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिन आचार्यले प्रेस

धुलाबारी खानेपानी आयोजना १३ महिनाअघि नै सम्पन्न

झापा–  झापाको मेचीनगर नगरपालिका–९ मा निर्माण भएको धुलाबारी खानेपानी आयोजना

‘एक्लै हो म’ मा राजेशनाथसँग बिना राउतको रोमान्स

काठमाडौं– अभिनेता तथा गायक राजेशनाथको स्वरमा रहेको गीत ‘एक्लै हो

‘कर्णालीवासीले आर्थिक अभावका कारण आँखा र कान उपचार सेवाबाट वञ्चित हुनु पर्दैन’

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित