काठमाडौं– अभिनेता तथा गायक राजेशनाथको स्वरमा रहेको गीत ‘एक्लै हो म’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । राजेश नाथकै शब्द, संगीत र अभिनय रहेको गीतको भिडियोमा उनी मोडल बिना राउतसँग रोमान्टिक देखिएका छन् ।
राजेशको भिडियोमा एक्लोपन, स्वतन्त्र जीवनशैली, प्रेम र रोमान्सका पक्षलाई समेटिएको छ ।
भिडियोको निर्देशन युवा निर्देशक गौरव गिरीले गरेका हुन् । कलाकारिता र संगीतको मर्म बुझेर काम गर्ने निर्देशकका रूपमा परिचित गौरवले ‘एक्लै हो म’ लाई आफ्नो ड्रिम प्रोजेक्टका रूपमा लिएका छन् ।
महानायक राजेश हमाल, दीपकराज गिरी, केदार घिमिरे ‘माग्ने बुढा’ र सीताराम कट्टेल ‘धुर्मुस’ लगायतका कलाकारसँग काम गरिसकेका राजेशको कला यात्रा दुई दशकभन्दा लामो छ ।
उनले नेपाल टेलिभिजनबाट प्रसारण हुने हास्य टेलिशृङ्खला ‘तितो सत्य’ बाट कला यात्रा सुरु गरेका थिए।














प्रतिक्रिया