मोरक्कोको राष्ट्रिय दिवसमा प्रदर्शनी « Khabarhub

मोरक्कोको राष्ट्रिय दिवसमा प्रदर्शनी


१७ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मोरक्कोको राष्ट्रिय दिवसका अवसरमा यहाँस्थित उक्त मुलुकको वाणिज्य दूतावासमा सो देशको राष्ट्रिय झण्डा फहराइयो । 

आज यहाँ आयोजित कार्यक्रममा नेपाल तथा भारतका लागि मोरक्कोका राजदूत मोहम्मद मलिकी र वाणिज्यदूत मेघा चौधरीले संयुक्त रूपमा झण्डा फहराए ।

त्यस अवसरमा शिष्टाचार महापाल कुमार खरेलले नेपाल–मोरक्को कूटनीतिक सम्बन्धबारे चर्चा गर्दै व्यापार, पर्यटन, लगानी तथा सांस्कृतिक आदानप्रदानका माध्यमबाट पारस्परिक सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरे  ।

राजदूत मलिकीले मोरक्को र नेपाल सम्बन्धलाई अझ उन्नत तुल्याउन आफू क्रियाशील रहेको बताए ।

यसै अवसरमा मोरक्कोको कलासंस्कृतिबारे जानकारी दिने उद्देश्यले ललितपुरमा एकदिवसीय प्रदर्शनी पनि आयोजना गरिएको छ ।

प्रदर्शनीमा मोरक्कोका परिकार, माटाका परम्परागत सामग्री , त्यहाँका प्रमुख पर्यटकीय गन्तव्यसम्बन्धी परिचयपुस्तिकालगायत वस्तु राखिएका छन् ।
 

प्रकाशित मिति : १७ श्रावण २०८३, आइतबार  १ : १५ बजे

विपद् पूर्वतयारी रणनीति सुधार्न सुरक्षा निकायका प्रमुखहरूको सुझाव

काठमाडौं– विभिन्न सुरक्षा निकायका प्रमुखहरूले प्राकृतिक विपद्का घटनाहरू पहिले भन्दा

चैतदेखि यता १२० फर्म तथा कम्पनी कालोसूचीमा

काठमाडौं– सार्वजनिक खरिद प्रक्रियालाई जबाफदेही र विश्वसनीय बनाउने सरकारको लक्ष्यअनुरूप

पत्रकार विश्वमणी सुवेदी पक्राउ

काठमाडौँ– पत्रकार विश्वमणी सुवेदी पक्राउ परेका छन् ।  उनलाई शुक्रबार प्रहरीले

काठमाडौँको जगडोल झण्डा पार्कबाट देखिएको उपत्यका (तस्बिरहरू)

काठमाडौँ– बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले काठमाडौँ उपत्यकामा शुक्रबार

विपद् प्रभावितलाई थप १६ लाख सहयोग

काठमाडौँ– नेपाल नेत्रज्योति सङ्घले विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा