मोरक्कोको राष्ट्रिय दिवसमा प्रदर्शनी « Khabarhub

मोरक्कोको राष्ट्रिय दिवसमा प्रदर्शनी


१७ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मोरक्कोको राष्ट्रिय दिवसका अवसरमा यहाँस्थित उक्त मुलुकको वाणिज्य दूतावासमा सो देशको राष्ट्रिय झण्डा फहराइयो । 

आज यहाँ आयोजित कार्यक्रममा नेपाल तथा भारतका लागि मोरक्कोका राजदूत मोहम्मद मलिकी र वाणिज्यदूत मेघा चौधरीले संयुक्त रूपमा झण्डा फहराए ।

त्यस अवसरमा शिष्टाचार महापाल कुमार खरेलले नेपाल–मोरक्को कूटनीतिक सम्बन्धबारे चर्चा गर्दै व्यापार, पर्यटन, लगानी तथा सांस्कृतिक आदानप्रदानका माध्यमबाट पारस्परिक सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरे  ।

राजदूत मलिकीले मोरक्को र नेपाल सम्बन्धलाई अझ उन्नत तुल्याउन आफू क्रियाशील रहेको बताए ।

यसै अवसरमा मोरक्कोको कलासंस्कृतिबारे जानकारी दिने उद्देश्यले ललितपुरमा एकदिवसीय प्रदर्शनी पनि आयोजना गरिएको छ ।

प्रदर्शनीमा मोरक्कोका परिकार, माटाका परम्परागत सामग्री , त्यहाँका प्रमुख पर्यटकीय गन्तव्यसम्बन्धी परिचयपुस्तिकालगायत वस्तु राखिएका छन् ।
 

प्रकाशित मिति : १७ श्रावण २०८३, आइतबार  १ : १५ बजे

अचानक बिरामी भएका निश्कल अस्पतालबाटै माग्दैछन् भोट

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार निश्कल राई बिरामी परेका

मन्त्रीपरिषद्का चार निर्णय : अर्थक्वेक क्याटास्ट्रोफ बन्डदेखि खेलाडीलाई पुरस्कारसम्म

काठमाडौं– सरकारले विश्व बैंकसँग नेपाल अर्थक्वेक क्याटास्ट्रोफ बन्डसम्बन्धी म्यान्डेट एग्रिमेन्टमा

महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता, सहयोगको प्रतिबद्धता

काठमाडौं- नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले नेपाल प्रहरीका

राष्ट्रिय ग्रिडको ‘हुइलिङ चार्ज’ शुल्क महँगो भएको इप्पानको निष्कर्ष, पुनरावलोकन गर्न माग

काठमाडौं– विद्युत नियमन आयोगले २०८३ असोज १५ गते सार्वजनिक गरेको

नेप्से परिसूचक १७ दशमलव १५ अङ्कले बढ्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले