गौरीघाट क्षेत्रलाई मौलिक स्वरुप दिइँदै « Khabarhub

गौरीघाट क्षेत्रलाई मौलिक स्वरुप दिइँदै


१७ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले गौरीघाट गुह्येश्वरी क्षेत्रमा ढुङ्गा छपाइ सुरु गरेको छ । करिब एक हजार ७०० वर्गमिटरमा ढुङ्गा छापिनेछ । प्राचीन महत्वका क्षेत्रका रूपमा रहेको उक्त स्थानमा कालोपत्र हटाई ढुङ्गा छाप्न थालिएको वडा नम्बर ८ का अध्यक्ष आशामान सङ्गतले जानकारी दिए ।

करिब ८७ लाख लागतमा पहिलो चरणको काम सुरु भएको हो । दोस्रो चरणमा एक हजार १०० वर्गमिटरमा ढुङ्गा छाप्नका लागि ९० लाख रुपैयाँमा खरिद प्रक्रिया अगाडि बढाएको छ ।

अध्यक्ष सङ्गतले, पुरातात्विक महत्वका क्षेत्रमा यसअघि कालोपत्रे गरिएका सडकलाई परम्परागत निर्माण शैली र विधिअनुसार पुनःस्थापना गरिएको बताए । ‘पशुपति क्षेत्र, जयवागेश्वरी, नवाली टोल, गुह्येश्वरी जस्ता प्राचीन महत्वका स्थानहरू हाम्रो वडाको परिचय होे । यी स्थानमा मौलिक स्वरुप पुनःस्थापना अभियान सञ्चालन गरेका छौँ,’ अध्यक्ष सङ्गतले भने ।

सेतोढोका, जयबागेश्वरी, पशुपतिको ढोका, नवाली टोलका सहायक गल्ली, तिलगङ्गा देउला टोलका सबै सडक र गल्लीमा ढुङ्गा छापिएको छ ।

यस्तै, जय बागेश्वरी उमाकुण्ड र आसपासका गल्लीमा काम सुरु हुँदैछ । मौलिक स्वरूपमा पुनःस्थापनाका लागि चार करोड ५० लाख बराबरको खर्च भएको छ ।

गौरीघाट गुह्येश्वरी मार्गमा कालो रङ्गका, चार इञ्च मोटाइका ढुङ्गा छापिनेछ । ढुङ्गाको तहमुनी करिब चार इञ्चको चुना ढलान राखिनेछ । कुनै पनि आधुनिक निर्माण सामग्रीको प्रयोग गरिनेछैन । ढुङ्गा, चुनालगायत सामग्रीको प्रयोग हुनेछ ।

प्रकाशित मिति : १७ भाद्र २०८३, बुधबार  ७ : ३५ बजे

भोटेकोसी बाढी अपडेट: एक हजार १२६ शव फेला, झण्डै पाँच हजार अझै बेपत्ता

काठमाडौँ – रसुवाको भोटेकोसी बाढीमा परिहालसम्म एक हजार १२६ वटा

विपद्पछिको उद्धार कि पूर्वसूचना ? भोटेकोसीले देखाएको हिमाली जोखिम र प्रविधिको आवश्यकता

काठमाडौँ – भोटेकोसी–त्रिशूली तटीय क्षेत्रमा भदौ १० मा आएको विनाशकारी

भोटेकोशी बाढीः शव व्यवस्थापन अन्तिम संस्कार होइन

चितवन- रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको अकल्पनीय बाढीले

पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन विज्ञको सुझाव

ललितपुर- जलस्रोतविज्ञ तथा पूर्वजलस्रोतमन्त्री इन्जिनियर दीपक ज्ञवालीले विकासका नाममा भएका

विपद् उद्धारमा सघाउन ५.५ टन औषधिसहित भारतीय वायुसेनाको विमान नेपाल आउँदै

काठमाडौँ – छिमेकी मुलुक भारतले नेपालमा जारी खोज, उद्धार तथा