सुरुङभित्र थपिएकाको उद्धार गर्न वैकल्पिक प्रयास भइरहेको गृहमन्त्रीको दाबी « Khabarhub

सुरुङभित्र थपिएकाको उद्धार गर्न वैकल्पिक प्रयास भइरहेको गृहमन्त्रीको दाबी


१७ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ – गृहमन्त्री सुधन गुरुङले बाढीपछि जारी खोज, उद्धार, शव व्यवस्थापन र राहत वितरणमा सरकारले सम्पूर्ण शक्ति लगाएको दाबी गरेका छन् । उद्धारका क्रममा केही कमजोरी भएको हुन सक्ने भन्दै उनले सर्वसाधारणसँग माफीसमेत माग्दै खबरदारी गर्न आग्रह गरेका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले सोचेभन्दा ठूलो क्षति भएकाले सुरुवाती उद्धार कार्यमा केही कठिनाइ भएको बताए । बाढीपछि पहिलोपटक सञ्चारकर्मीहरूसँग साक्षात्कार गर्दै उनले सुरुङभित्र थपिएका व्यक्तिको सकुशल उद्धारका लागि हरसम्भव प्रयास भइरहेको स्पष्ट पारे ।

“पावरहाउसको माथिल्लो भागबाट खनेर प्वाल पारी हावा र रासन पठाउन सकिन्छ कि भनेर प्रयास गरिरहेका छौँ,” उनले भने । दलदल र टालिएको सुरुङका कारण विदेशी विज्ञ टोलीलाई समेत उद्धारमा चुनौती थपिएको उनको भनाइ छ । सम्भावित दुर्घटनाको जोखिमलाई ध्यानमा राख्दै निजी क्षेत्रका हेलिकोप्टर उडानमा रोक लगाइएको उनले प्रस्ट्याए ।

बाढी आएकै भोलिपल्टदेखि नुवाकोट पुगेर स्थलगत समन्वयमा खटिएका मन्त्री गुरुङले सीमित स्रोत–साधनका बाबजुद सुरक्षाकर्मीले अधिकतम क्षमता प्रयोग गरेको दाबी गरे । नेपालको इतिहासमै विपद् उद्धारमा यति धेरै हेलिकोप्टर पहिलोपटक प्रयोग गरिएको दाबी गर्दै उनले भने, “राज्यको भएभरको संयन्त्र परिचालन गरेका छौँ । डाँडाकाँडामा अलपत्र परेकाको हेलिकोप्टरमार्फत रेकी गरी उद्धार र राहत पहुँच बढाउने काम भइरहेको छ ।”

प्रकाशित मिति : १७ भाद्र २०८३, बुधबार  ८ : ४१ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका