रसुवा बाढीमा एक हजार ११४ जनाको मृत्यु, करिब चार हजार बेपत्ता « Khabarhub

रसुवा बाढीमा एक हजार ११४ जनाको मृत्यु, करिब चार हजार बेपत्ता


१७ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म एक हजार ११४ जनाको मृत्यु भएको जनाएको छ । 

प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रमा अझै  तीन हजार ९१६ जना सम्पर्कविहीन छन् । प्राधिकरणका प्रवक्ता शान्ति महतले पछिल्लो अद्यावधिक विवरण सार्वजनिक गर्दै रसुवामा ४१, नुवाकोटमा १५५, धादिङमा ५९, गोरखामा ६६, तनहुँमा ३५, नवलपरासी पूर्वमा १७७, नवलपरासी पश्चिममा १९० र चितवनमा ३४८ जनाको शव प्राप्त भएको जानकारी दिए ।

प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रमा खोज र उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका समेत गरी २१ हजार ३१४ सुरक्षाकर्मी परिचालन गरिएको छ । हालसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ ।

प्रभावित क्षेत्रमा ३७ ट्रक र ३७ वटा साना सवारीमार्फत अत्यावश्यक खाद्य सामग्री पठाइएको  जानकारी दिइएको छ । त्यस्तै हेलिकप्टरबाट समेत प्रभावित परिवारका लागि राहत सामग्री पुर्‍याइएको छ ।

प्राधिकरणका अनुसार बाढी प्रभावित १५ पालिकालाई हालसम्म सरकारले रु छ करोड ७५ लाख  नगद राहत निकासा गरेको छ । रसुवा, नुवाकोट र धादिङमा इन्धन तथा सञ्चार सेवा पुनः सञ्चालनका लागि समेत आवश्यक व्यवस्थापन भइरहेको जनाइएको छ । 

प्रकाशित मिति : १७ भाद्र २०८३, बुधबार  ११ : ४७ बजे

भोटेकोशी बाढी : बुधबारसम्म ११ सय १४ शव भेटिए, ९५ को मात्रै सनाखत

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले गत बुधबार भोटेकोशी नदीमा आएको भीषण

गण्डकीमा नेसपाका फणीन्द्र तेस्रोपटक मन्त्री नियुक्त (तस्बिरहरू)

काठमाडौं – केन्द्रको सत्ता समीकरणमा आएको परिवर्तनसँगै गण्डकी प्रदेश सरकारमा पनि मन्त्रिपरिषद्

बाढी प्रभावितका लागि अन्तर्राष्ट्रिय सहयोग आउने क्रम जारी : प्रधानमन्त्री शाह

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रको उद्धार तथा राहतका लागि

बाढी प्रभावितलाई लक्ष्मीनिया गाउँपालिकाको ३० लाख सहयोग

जनकपुर– धनुषाको लक्ष्मीनिया गाउँपालिकाले करिब ३० लाख रुपैयाँ सहयोग गर्ने

बाढीको सातापछि संसद्मा उभिए प्रधानमन्त्री, क्षति उद्धारको विवरण सुनाउँदै

कााठमाडौं- रसुवाको भोटेकोशी नदीमा गत बुधबार आएको भीषण बाढीपछि पहिलो