नेपालले जलवायु परिवर्तनको क्षतिपूर्ति पाउनुपर्छ : जगदीश खरेल « Khabarhub

नेपालले जलवायु परिवर्तनको क्षतिपूर्ति पाउनुपर्छ : जगदीश खरेल


१७ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलले जलवायु परिवर्तनका कारण नेपालले गम्भीर क्षति व्यहोर्नुपरेको भन्दै अन्तर्राष्ट्रिय समुदायसँग अधिकारसहितको क्षतिपूर्ति माग गर्नुपर्ने बताएका छन् ।

संसदीय समितिको छलफलमा बोल्दै खरेलले जलवायु परिवर्तनको असर नेपालमा बढ्दै गएको र आगामी दिनमा यसको जोखिम अझ गम्भीर बन्न सक्ने बताए। उनले भोटेकोशीमा आएको बाढीलाई त्यसको प्रारम्भिक चेतावनीका रूपमा लिनुपर्ने धारणा राखे।

‘जलवायु परिवर्तनको असर र भिक्टिम हामी हुनुपरिरहेको छ। यो जोखिम आगामी दिनमा बढ्दै जान्छ। भोटेकोशीको बाढी एउटा सुरुवाती चेतावनी मात्रै हो,’ खरेलले भने, ‘अधिकारसहितको क्षतिपूर्ति नेपाललाई चाहिन्छ। यो अधिकारको खोजी अब हामीले विश्व मञ्चमा गर्नुपर्छ।’

खरेलका अनुसार विपद्का कारण अझै ठूलो संख्यामा मानिस बेपत्ता रहेको अवस्था छ। उनले करिब चार हजार मानिस बेपत्ता रहेको र उनीहरूमध्ये कतिपय अझै जीवितै उद्धारको प्रतीक्षामा रहेको हुन सक्ने बताए।

‘यो अवस्थामा दर्जनौँ मानिस अहिले पनि सायद जीवनको आसमा उद्धारको पर्खाइमा बसिरहेका छन्,’ उनले भने।

उनले विपद्पछि एक हजारभन्दा बढी शव फेला परिसकेको र धेरै शवको अझै पहिचान हुन नसकेको जानकारी दिए। सरकारको नेतृत्वमा १२ हजारभन्दा बढी मानिसको उद्धार गर्न सफल भएको पनि खरेलले बताए।

खरेलले पछिल्लो विपद्लाई जलवायु परिवर्तनसँग जोडेर दीर्घकालीन जोखिम न्यूनीकरणका लागि सरकारले प्रभावकारी योजना बनाउनुपर्नेमा जोड दिए। साथै, जलवायु परिवर्तनबाट बढी प्रभावित नेपालजस्ता मुलुकलाई अन्तर्राष्ट्रियस्तरबाट आवश्यक सहयोग र क्षतिपूर्ति उपलब्ध गराउन विश्व समुदायसँग पहल गर्नुपर्ने उनको भनाइ थियो।

प्रकाशित मिति : १७ भाद्र २०८३, बुधबार  १२ : ४४ बजे

सूचना ढिलो प्रवाहबारे प्रधानमन्त्रीको इन्कार : फिल्डमा रहेका सुरक्षाकर्मी नै बाढीमा बगे

काठमाडौं – रसुवा बाढीबारे ‘स्थानीयलाई सरकारले ढिलो सूचना प्रवाह गरेकाले

प्रचण्डले सुनाए विगतका विपद्का घटना, भने- ‘विगतबाट पाठ सिक्न जरुरी छ’

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा विगतमा भएका

रसुवाबाट हेलिकप्टरमा नुवाकोट पठाइँदै शव 

रसुवा– विनाशकारी बाढीमा परेर ज्यान गुमाएकाहरूको शव हेलिकप्टरमार्फत रसुवाबाट नुवाकोट पठाउने

प्रधानमन्त्रीले संसद्मा भने : ११ सय १५ जनाको शव भेटियो, ३ हजार ९१६ अझै बेपत्ता

काठमाडौं – रसुवाको विनाशकारी बाढीमा अहिलेसमम एक हजार ११५ जनाले

बेपत्ता नागरिक फेला नपरेसम्म खोजी कार्य रोक्न हुँदैन : गणेश पराजुली

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले बेपत्ता