म्याक्रोनको बेलायत भ्रमण, ब्रेक्सिटपछि सम्बन्ध सुदृढ बनाउने प्रयास « Khabarhub

म्याक्रोनको बेलायत भ्रमण, ब्रेक्सिटपछि सम्बन्ध सुदृढ बनाउने प्रयास


१७ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

लन्डन – फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले ब्रेक्सिटपछि बेलायत र युरोपेली सङ्घ (इयु)बीचको सम्बन्ध थप सुदृढ बनाउने उद्देश्यसहित बुधबारदेखि दुई दिने बेलायत भ्रमण सुरु गरेका छन् ।

भ्रमणका क्रममा राष्ट्रपति म्याक्रोनले ऐतिहासिक बेयक्स टेपेस्ट्रीको प्रदर्शनी उद्‌घाटन गरेका छन्। उनले बिहीबार नवनियुक्त बेलायती प्रधानमन्त्री एन्डी बर्नह्यामसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ।

बर्नह्याम प्रधानमन्त्री बनेपछि उनीसँग भेट गर्ने म्याक्रोन पहिलो इयु नेता बनेका छन्। दुई नेताबीच हुने वार्तामा बेलायत–इयु सम्बन्ध, आर्थिक सहकार्य, आप्रवासन, युक्रेनमा सहयोग तथा सुरक्षा सहकार्य प्रमुख विषय बन्ने अपेक्षा गरिएको छ।

बेलायतले सुस्त आर्थिक वृद्धिलाई गति दिन तथा इङ्लिस च्यानल हुँदै साना डुङ्गामा बेलायत प्रवेश गर्ने आप्रवासीको संख्या नियन्त्रण गर्न फ्रान्ससँग सहकार्य बढाउन चाहेको छ। यस विषयमा पनि दुई नेताबीच छलफल हुने अपेक्षा गरिएको छ।

म्याक्रोनको भ्रमणको सांस्कृतिक पक्षका रूपमा करिब ९५० वर्ष पुरानो बेयक्स टेपेस्ट्री लन्डनमा प्रदर्शनमा राखिएको छ।

नार्मन्डीका विलियम द कन्कररले सन् १०६६ मा इङ्ल्यान्ड विजय गरेको इतिहास चित्रण गर्ने ११औँ शताब्दीको उक्त कलाकृति नौ शताब्दीभन्दा लामो समयपछि पहिलोपटक फ्रान्सबाहिर प्रदर्शन गरिएको हो। टेपेस्ट्री बेलायत पठाउने पहलमा म्याक्रोनले महत्त्वपूर्ण भूमिका खेलेका थिए।

प्रकाशित मिति : १७ भाद्र २०८३, बुधबार  १ : ०२ बजे

एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकालाई इरानको प्रस्ताव

काठमाडौँ– इरानले एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकासामु

एसियन गेम्समा सन्दीप र लोकेशकाे अर्धशतक : नेपालले जापानलाई दियो १५० रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – ऐसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानलाई नेपालले

एसियन गेम्स क्रिकेट : जापानविरुद्ध नेपालका सन्दीप जोराले बनाए अर्धशतक

काठमाडौँ – एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानविरुद्ध नेपालका

भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द

बैतडी– लगातारको वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय

यी भूभागमा भारीदेखि अतिभारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल