संवैधानिक पदाधिकारीलाई २ वर्ष ‘कुलिङ अफ पिरियड’ प्रस्ताव « Khabarhub

संवैधानिक पदाधिकारीलाई २ वर्ष ‘कुलिङ अफ पिरियड’ प्रस्ताव


१७ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संवैधानिक निकायका पदाधिकारीलाई पदबाट अवकाश पाएपछि दुई वर्षसम्म ‘कुलिङ अफ पिरियड’ राख्ने प्रस्ताव गरिएको छ।

नेकपा एमालेकी सांसद यशोदाकुमारी बरालले विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्दै यस्तो व्यवस्था माग गरेकी हुन्।

उनले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी पहिलो संशोधन विधेयक २०८३ मा संशोधन राखेकी हुन्। प्रस्तावित व्यवस्थाले पदाधिकारीको अवकाशपछिको भूमिकालाई समेत नियमन गर्ने उद्देश्य राखेको छ।

मूल ऐनको दफा १८ मा संवैधानिक पदाधिकारीको निवृत्तभरण तथा उपदानसम्बन्धी व्यवस्था छ। दश वर्ष सेवा अवधि पूरा गरेका पदाधिकारीले मासिक पारिश्रमिकको ६६ प्रतिशत निवृत्तभरण पाउने व्यवस्था रहेको छ।

सरकारी सेवामा रहेका वा सेवा गरिसकेका व्यक्तिले पनि निश्चित सेवा अवधि पूरा गरेमा निवृत्तभरण पाउने प्रावधान छ।

प्रकाशित मिति : १७ भाद्र २०८३, बुधबार  १ : ०८ बजे

आईपीयूमा नेपालको जलवायु विपद्सम्बन्धी प्रस्ताव दुईतिहाइ मतले पारित

काठमाडौं– प्रतिनिधसभाका सभामुख डोलप्रसाद अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ

दिवंगत विजय पौडेलको निवासमा पुगे अध्यक्ष ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  दिवंगत भएका डा.

गाजामा पाँच प्यालेस्टिनी लडाकु मारिएको इजरायलको दाबी

काठमाडौँ – इजरायली रक्षा बल (आईडीएफ) ले दक्षिणी गाजामा पछिल्लो दुई

‘प्रधानमन्त्रीसँग पुरानो ब्यागेज छैन, भारतसँग नयाँ ढंगले काम गर्न सक्नुहुन्छ’

नेपाल र भारतबीचको सम्बन्धको विषयमा केही नबोली बुझिँदैन । केही

परराष्ट्रमन्त्री खनालसँग स्विट्जरल्यान्डकी राजदूत मेउलीको शिष्टाचार भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि स्विट्जरल्यान्डकी राजदूत