यो विपत्तिमा दृढतापूर्वक लड्नुको विकल्प छैन : प्रधानमन्त्री बालेन « Khabarhub

यो विपत्तिमा दृढतापूर्वक लड्नुको विकल्प छैन : प्रधानमन्त्री बालेन


१७ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले देशमा आएको विपत्तिसँग लड्ने विकल्प नभएको बताएका छन् । 

बुधबार संसदमा बोल्दै उनले आफ्नो मान्छे बाढीबाट गुमाएर पीडामा रहेका परिवारप्रति समवेदना व्यक्त गर्दै आफ्नो मान्छे फेला नपरेर बाटो हेरिरहेकासँग आफूले पनि गहिरो दुख महसुस गरेको बताए ।

यो पीडा रसुवा, नुवाकोट र धादिङको मात्रै होइन, सिङ्गो नेपालको छातीमा परेको साझा बज्रपात हो’, उनले भने, ‘तर, यति बेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैन, मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन, संकटको यो घडीमा देशको नेतृत्वले आँसु होइन, जनतालाई हिम्मत, आड भरोसा दिनुपर्छ भन्ने यथार्थलाई हामीले स्वीकार गर्छौँ ।’

‘त्यसैले दृढ संकल्पकासाथ विपत्तिमा लड्नुको हामीसँग विकल्प छैन, हामी लडिरहेका छौँ’, उनले थपे ।
 

प्रकाशित मिति : १७ भाद्र २०८३, बुधबार  १ : २८ बजे

एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकालाई इरानको प्रस्ताव

काठमाडौँ– इरानले एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकासामु

एसियन गेम्समा सन्दीप र लोकेशकाे अर्धशतक : नेपालले जापानलाई दियो १५० रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – ऐसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानलाई नेपालले

एसियन गेम्स क्रिकेट : जापानविरुद्ध नेपालका सन्दीप जोराले बनाए अर्धशतक

काठमाडौँ – एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानविरुद्ध नेपालका

भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द

बैतडी– लगातारको वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय

यी भूभागमा भारीदेखि अतिभारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल