बाढी प्रभावितका लागि अन्तर्राष्ट्रिय सहयोग आउने क्रम जारी : प्रधानमन्त्री शाह « Khabarhub

बाढी प्रभावितका लागि अन्तर्राष्ट्रिय सहयोग आउने क्रम जारी : प्रधानमन्त्री शाह


१७ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रको उद्धार तथा राहतका लागि अन्तर्राष्ट्रिय सहयोग आउने क्रम जारी रहेको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्री शाहले हालसम्म विभिन्न देश तथा अन्तर्राष्ट्रिय निकायबाट सहयोग प्राप्त भएको र थप सहयोगका लागि विभिन्न मुलुकले निरन्तर सम्पर्क गरिरहेको जानकारी दिए।

भदौ १० गते बुधबार भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण रसुवाको टिमुरे, स्याफ्रुबेंसी र बेत्रावती तथा नुवाकोटको त्रिशूली बजार र देवीघाटलगायत क्षेत्र प्रभावित भएका छन्।

बाढीले धादिङ, चितवन र गोरखाका त्रिशूली नदी तटीय क्षेत्रसमेत प्रभावित पारेको छ।

प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाको काम अझै पूर्णरूपमा सम्पन्न हुन सकेको छैन। सुरुङमार्गमा फसेका केही व्यक्तिको समेत उद्धार हुन बाँकी रहेको प्रधानमन्त्री शाहले जानकारी दिएका छन्।

प्रकाशित मिति : १७ भाद्र २०८३, बुधबार  १ : ३४ बजे

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल

एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकालाई इरानको प्रस्ताव

काठमाडौँ– इरानले एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकासामु

एसियन गेम्समा सन्दीप र लोकेशकाे अर्धशतक : नेपालले जापानलाई दियो १५० रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – ऐसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानलाई नेपालले

एसियन गेम्स क्रिकेट : जापानविरुद्ध नेपालका सन्दीप जोराले बनाए अर्धशतक

काठमाडौँ – एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानविरुद्ध नेपालका