भीष्मराज आङ्देम्बे भन्छन् : सुरुङमा फसेकाहरूको उद्धारमा ढिलाइ सरकारको अमानवीय व्यवहार « Khabarhub

भीष्मराज आङ्देम्बे भन्छन् : सुरुङमा फसेकाहरूको उद्धारमा ढिलाइ सरकारको अमानवीय व्यवहार


१७ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले विपत्तिको समयमा अन्तर्राष्ट्रिय तथा निजी क्षेत्रको सहयोग लिन ढिलाइ हुँदा खोज तथा उद्धार कार्य प्रभावित भएको बताएका छन्।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै आङ्देम्बेले बाढी प्रभावित क्षेत्रमा नेपाली कांग्रेसको सम्पूर्ण संगठन र शक्ति परिचालन भएको जानकारी दिए। उनले आफू र पार्टी सभापति गगन थापा समेत प्रभावित क्षेत्रमा पुगेर अवस्थाको निरीक्षण गरेको बताए।

‘संकटको बेला हामी सँगै छौँ, सहयोग गरिरहेका छौँ। म पनि बाढी प्रभावित क्षेत्रमा पुगेर आएँ, पार्टी सभापति गगन थापाजी पनि पुगेर आउनुभयो। त्यहाँको अवस्था एकदमै चिन्ताजनक छ, तर हामी सबै मिलेर संकट समाधानतर्फ लागिरहेका छौँ,’ उनले भने।

आङ्देम्बेले बाढीका कारण सुरुङभित्र फसेका व्यक्तिको खोज तथा उद्धारमा भएको ढिलाइप्रति प्रश्न उठाए। सम्बन्धित क्षेत्रका विज्ञहरूलाई तत्काल परिचालन गरेर उद्धार अघि बढाउनुपर्ने उनको भनाइ थियो।

‘सुरुङभित्र फसेका व्यक्तिहरूको खोज तथा उद्धारमा भएको ढिलाइ अमानवीय व्यवहारजस्तो भयो। सम्बन्धित क्षेत्रका विज्ञहरू परिचालन गरेर खोज तथा उद्धारमा लाग्नुपर्ने थियो,’ उनले भने।

निजी क्षेत्र र अन्तर्राष्ट्रिय सहयोग समयमै लिन नसक्दा खोज तथा उद्धारमा ढिलाइ भएको हुन सक्ने आङ्देम्बेको भनाइ छ।

उनले प्रधानमन्त्रीले प्रतिनिधिसभाको रोस्टमबाट उद्धार तथा राहतका विषयमा सबै कुरा राम्रो भइरहेको बताए पनि आफूले स्थलगत रूपमा देखेको अवस्था त्यस्तो नरहेको बताए। ‘प्रधानमन्त्रीले रोस्टममा सबै राम्रै भएको सुनाउनुभयो, तर सोचेजस्तो फिल्डमा भएको छैन,’ आङ्देम्बेले भने।

प्रकाशित मिति : १७ भाद्र २०८३, बुधबार  २ : १० बजे

‘प्रधानमन्त्रीसँग पुरानो ब्यागेज छैन, भारतसँग नयाँ ढंगले काम गर्न सक्नुहुन्छ’

नेपाल र भारतबीचको सम्बन्धको विषयमा केही नबोली बुझिँदैन । केही

परराष्ट्रमन्त्री खनालसँग स्विट्जरल्यान्डकी राजदूत मेउलीको शिष्टाचार भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि स्विट्जरल्यान्डकी राजदूत

नेपाली कांग्रेसको सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी विजयी

काठमाडौँ – नेपाली कांग्रेसको सहमहामन्त्री पदमा रामहरि खतिवडा र अजयबाबु

सभामुख अर्याल नेपाल फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तर व्यवस्थापिका संघ (आईपीयू)

बाढीले बगाएको आरुघाटस्थित पुलमा बेलिब्रिजको आवश्यक सामग्री पुग्यो

काठमाडौं– गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पुल बुढीगण्डकी नदीको बाढीले