रसुवाबाट हेलिकप्टरमा नुवाकोट पठाइँदै शव  « Khabarhub

रसुवाबाट हेलिकप्टरमा नुवाकोट पठाइँदै शव 


१७ भदौ २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

रसुवा– विनाशकारी बाढीमा परेर ज्यान गुमाएकाहरूको शव हेलिकप्टरमार्फत रसुवाबाट नुवाकोट पठाउने क्रम जारी छ ।

नेपाली सेना र अन्य निजी कम्पनीको हेलिकप्टरमार्फत बुधबार १ सय १२ वटा शव रसुवाबाट नुवाकोट पठाइएको छ । रसुवाको टिमुरे क्षेत्रमा भेटिएका ९८ र धुन्चेमा भेटिएका १४ वटा शव नुवाकोटस्थित सैन्य तालिम केन्द्र, त्रिशूली लगिएको हो । 

शवलाई हेलिकप्टरभित्र राखेर र हुक गरेर (डोरीमा झुण्ड्याएर) नुवाकोट पठाइएको हो ।

नेपाली सेनासहित सुरक्षाकर्मीले रसुवाको बाढी प्रभावित क्षेत्रमा भेटिएका शव संकलनको काम गरिरहेका छन् ।

प्रकाशित मिति : १७ भदौ २०८३, बुधबार  २ : ३२ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण