उद्धारमा विदेशी ल्याउन भएको ढिलाइबारे प्रधानमन्त्रीको जवाफ : प्रक्रिया छोटोसमेत गरायौँ « Khabarhub

उद्धारमा विदेशी ल्याउन भएको ढिलाइबारे प्रधानमन्त्रीको जवाफ : प्रक्रिया छोटोसमेत गरायौँ


१७ भदौ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत बुधबारको रसुवा बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाको ‘सुरुङमा फसेका प्राविधिक-मजदुरको उद्धारमा विदेशी सहयोग लिन ढिलाइ गरेको आरोपबारे प्रधानमन्त्री वालेन्द्र शाहले संसद्बबाट जवाफ दिएका छन्।

सरकारले विदेशी दक्ष प्राविधि ल्याएन’, ‘उद्धारमा ढिलाइ गर्‍यो’ र ‘दक्ष प्राविधिकको अभावले मानवीय क्षति बढी भयो’ भन्ने आलोचनालाई सम्बोधन गर्दै उनले त्यस्तो नभएको उल्लेख गरेका छन्।

सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट भइरहेको उक्त टिप्पणीलाई अस्वीकार गरेका उनले पीडित-प्रभावितको अधिकारलाई सरकारले सुनिश्चित गरेको कुरा संसद्मा सुनाए ।

उनले सुरुवातदेखि नै विदेशी सहायताका लागि विभिन्न मुलुकसँग समन्वय गरेको दाबी गरे । फास्ट ट्र्याकमा विदेशी सहयोग भित्र्याउन प्रक्रियागत सुधारमा सरकार लागेको उनले संसद्लाई जानकारी गराए ।

उनले भने, ‘उद्धारका लागि विदेशी सहयोग सन्दर्भमा यदि ठूलो विपद् पर्दा हामीले अन्तर्राष्ट्रिय सहयोग नलिने भन्ने कुरा नै आउँदैन । प्रभावित क्षेत्रमा आवश्यकता अनुसार सहयोग लिन सुरुवातदेखि नै हामीले अन्तर्राष्ट्रिय मुलुकसँग समन्वय गरेका थियौं । प्रक्रियासमेत छोट्याएर हामीले अन्तर्राष्ट्रिय सहयोग लिने प्रयास गरेका थियौं ।’

भदौ १० गतेको बाढीलगत्तै दक्ष प्राविधिकको अभावले मानवीय क्षति धेरै भएको टिप्पणीबीच वालेन्द्र सरकारको बचाउ गरेका हुन्।

प्रकाशित मिति : १७ भदौ २०८३, बुधबार  ३ : ०१ बजे

नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

काठमाडौं – नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित

राष्ट्रिय फुटबलर विमल घर्ती मगरद्वारा सन्न्यासको घोषणा

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरले सक्रिय

पाथीभराबाट तीन महिनामा ३३ लाख बढी सङ्कलन

ताप्लेजुङ – यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा