उद्धारमा विदेशी ल्याउन भएको ढिलाइबारे प्रधानमन्त्रीको जवाफ : प्रक्रिया छोटोसमेत गरायौँ « Khabarhub

उद्धारमा विदेशी ल्याउन भएको ढिलाइबारे प्रधानमन्त्रीको जवाफ : प्रक्रिया छोटोसमेत गरायौँ


१७ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत बुधबारको रसुवा बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाको ‘सुरुङमा फसेका प्राविधिक-मजदुरको उद्धारमा विदेशी सहयोग लिन ढिलाइ गरेको आरोपबारे प्रधानमन्त्री वालेन्द्र शाहले संसद्बबाट जवाफ दिएका छन्।

सरकारले विदेशी दक्ष प्राविधि ल्याएन’, ‘उद्धारमा ढिलाइ गर्‍यो’ र ‘दक्ष प्राविधिकको अभावले मानवीय क्षति बढी भयो’ भन्ने आलोचनालाई सम्बोधन गर्दै उनले त्यस्तो नभएको उल्लेख गरेका छन्।

सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट भइरहेको उक्त टिप्पणीलाई अस्वीकार गरेका उनले पीडित-प्रभावितको अधिकारलाई सरकारले सुनिश्चित गरेको कुरा संसद्मा सुनाए ।

उनले सुरुवातदेखि नै विदेशी सहायताका लागि विभिन्न मुलुकसँग समन्वय गरेको दाबी गरे । फास्ट ट्र्याकमा विदेशी सहयोग भित्र्याउन प्रक्रियागत सुधारमा सरकार लागेको उनले संसद्लाई जानकारी गराए ।

उनले भने, ‘उद्धारका लागि विदेशी सहयोग सन्दर्भमा यदि ठूलो विपद् पर्दा हामीले अन्तर्राष्ट्रिय सहयोग नलिने भन्ने कुरा नै आउँदैन । प्रभावित क्षेत्रमा आवश्यकता अनुसार सहयोग लिन सुरुवातदेखि नै हामीले अन्तर्राष्ट्रिय मुलुकसँग समन्वय गरेका थियौं । प्रक्रियासमेत छोट्याएर हामीले अन्तर्राष्ट्रिय सहयोग लिने प्रयास गरेका थियौं ।’

भदौ १० गतेको बाढीलगत्तै दक्ष प्राविधिकको अभावले मानवीय क्षति धेरै भएको टिप्पणीबीच वालेन्द्र सरकारको बचाउ गरेका हुन्।

प्रकाशित मिति : १७ भाद्र २०८३, बुधबार  ३ : ०१ बजे

एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकालाई इरानको प्रस्ताव

काठमाडौँ– इरानले एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकासामु

एसियन गेम्समा सन्दीप र लोकेशकाे अर्धशतक : नेपालले जापानलाई दियो १५० रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – ऐसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानलाई नेपालले

एसियन गेम्स क्रिकेट : जापानविरुद्ध नेपालका सन्दीप जोराले बनाए अर्धशतक

काठमाडौँ – एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानविरुद्ध नेपालका

भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द

बैतडी– लगातारको वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय

यी भूभागमा भारीदेखि अतिभारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल