प्रधानमन्त्रीले आफ्नै सांसदको विश्वास लिन सक्नुभएन, अनुहारै हेर्नुहुन्न : प्रचण्ड « Khabarhub

प्रधानमन्त्रीले आफ्नै सांसदको विश्वास लिन सक्नुभएन, अनुहारै हेर्नुहुन्न : प्रचण्ड


१७ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाएका छन्।

प्रचण्डले प्रधानमन्त्री शाहले आफ्नै दलका सांसदहरूको समेत विश्वास जित्न नसकेको आरोप लगाए। प्रधानमन्त्री संसद्मा आएर सांसदहरूको अनुहारसमेत नहेरी फर्किने गरेको भन्दै उनले यस्तो कार्यशैलीबाट सरकार अघि बढ्न नसक्ने बताए।

‘प्रधानमन्त्रीले आफ्नै दलका सांसदलाई विश्वास लिएको मैले देख्दिनँ। यहाँ आउनुहुन्छ, कसैको अनुहार नहेरी जानुहुन्छ। यस्तो पनि तरिका हो? कसैको अनुहार नहेर्ने पनि तरिका हुन्छ? यो तरिकाले हुँदैन,’ प्रचण्डले भने।

उनले प्रतिपक्षी मात्र नभई सत्तापक्षकै सांसदहरूको पनि विश्वास लिन प्रधानमन्त्रीले चाहेको नदेखिएको बताए।

‘प्रतिपक्ष मात्र होइन, सत्तापक्षकै सांसदहरूको पनि प्रधानमन्त्रीले विश्वास लिन चाहनुभएन। यहाँ आउनुहुन्छ, कसैको अनुहार नहेरी जानुपर्छ। अर्काको अस्तित्व पनि स्वीकार गर्नुपर्छ प्रधानमन्त्रीज्यू, नत्र ठूलो मूल्य चुकाउनुपर्ला,’ उनले चेतावनी दिए।

प्रचण्डले प्रधानमन्त्रीले संसद्लाई गम्भीरतापूर्वक लिएर सबैको कुरा सुन्नुपर्ने बताए। संसद् र सांसदहरूको भूमिकालाई बेवास्ता गर्दै अघि बढे त्यसको राजनीतिक मूल्य चुकाउनुपर्ने उनको भनाइ थियो।

प्रकाशित मिति : १७ भाद्र २०८३, बुधबार  २ : ५५ बजे

‘प्रधानमन्त्रीसँग पुरानो ब्यागेज छैन, भारतसँग नयाँ ढंगले काम गर्न सक्नुहुन्छ’

नेपाल र भारतबीचको सम्बन्धको विषयमा केही नबोली बुझिँदैन । केही

परराष्ट्रमन्त्री खनालसँग स्विट्जरल्यान्डकी राजदूत मेउलीको शिष्टाचार भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि स्विट्जरल्यान्डकी राजदूत

नेपाली कांग्रेसको सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी विजयी

काठमाडौँ – नेपाली कांग्रेसको सहमहामन्त्री पदमा रामहरि खतिवडा र अजयबाबु

सभामुख अर्याल नेपाल फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तर व्यवस्थापिका संघ (आईपीयू)

बाढीले बगाएको आरुघाटस्थित पुलमा बेलिब्रिजको आवश्यक सामग्री पुग्यो

काठमाडौं– गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पुल बुढीगण्डकी नदीको बाढीले