आज २०८३ साल असोज १६ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८३ साल असोज १६ गते शुक्रबारको राशिफल


१६ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६ अक्टोबर २ तारिख। असोज कृष्ण पक्षको षष्ठी तिथि, विश्व मुस्कान दिवस, विश्व अहिंसा दिवस, सप्तमी श्राद्ध परेको छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : शुभ दिन छ। धनक्ष्मी योग परेको छ । बोली र व्यवहारमा एकरुपमा हुनु आवश्यक छ। शिक्षाको क्षेत्रमा राम्रो छ। राजनीतिक क्षेत्रमा भने ठगहरुले दुख दिनेछन्। बिहान उठेर पिपलको दर्शन गर्नाले दिन सहज हुनेछ।

वृष : दिन राम्रो छ। साथीभाइको साथ सहयोग मिल्नेछ। दाम्पत्य जीवन सुखमय हुनेछ। निजी क्षेत्रमा गरेको लगानीबाट फाइदा मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ।

मिथुन : दिन त्यति राम्रो छैन। खानपानमा ख्याल गरेमा स्वास्थ्यमा केही सुधार हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास अपुरो हुनेछ। खानामा अरुची बढ्नेछ। गोपनीयता कायम गर्नुपर्नेछ।

कर्कट : बोलीको प्रभावले काम बन्नेछ । धर्मकर्ममा मन जानेछ। बौद्धिक व्यक्तित्वसँग झुकाव बढ्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। मन शान्त बन्ने दिन छ ।

सिंह : दिन सामान्य छ । आफ्नो कामकै कारण हिनताबोध हुनेछ। दाजुभाइसँग गरेको सहकार्यमा केही शान्ति मिल्नेछ। पारिवारिक सम्बन्ध भने सहज रहला। शिक्षामा सुधार हुनेछ।

कन्या : धार्मिक कार्यमा खर्च हुने दिन छ। बन्धुसँगको सहकार्यले मनमा शान्ति मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारको साथ सहयोग मिल्ने भएकाले दिन सहज हुनेछ।

तुला :  बोली र व्यवहारमा एकरुपता हुनु आवश्यक छ। शिक्षाको क्षेत्रमा राम्रो छ। परीक्षा लेखेको भए नतिजा राम्रो प्राप्त हुनेछ । खर्च गर्दा सचेत हुनुपर्ने दिन छ ।

वृश्चिक : डुब्न लागेको सम्पत्ति हात लाग्नेछ। मित्र बढ्नेछन्। शत्रुले पनि तपाईको प्रसंसा गर्नेछन्। राजनीतिक क्षेत्रमा भने तपाई विरुद्ध लाग्नेहहरु सक्रिय हुनेछन।

धनु : मनमा सानातिना कुराले चिन्ता, व्यवहारमा अड्चन आउन सक्छ। धर्मकर्ममा मन जानेछ। शिक्षामा गरेको तपाईको प्रयास सफल हुनेछ। कुरा काट्नेहरु बढ्ने भएकाले मनमा खटपटी आउनेछ।

मकर : दिन राम्रो छ । खर्च बढे पनि इज्जत बढ्ने छ। सामाजिक र राजनीतिक क्षेत्रमा प्रगति हुनेछ । शिक्षा र व्यापारमा थप मिहिनेत गर्नु उचित हुनेछ । श्रमको फल मिल्ने छ ।

कुम्भ : धार्मिक कार्यको सहभागीताले मनमा केही शान्ति मिल्नेछ। दीर्घकालीन योजना बन्नेछन्। व्यापारमा अघि नबढ्नु राम्रो हुनेछ। अनावश्यक यात्रामा खर्च बढ्न सक्छ।

मीन : शिक्षामा गरेको प्रयास सफल हुनेछ। स्वास्थ्यमा समस्या हुने सम्भावना छ।  काम गर्दा सचेत हुन नसके शत्रु बढ्नेछन्।   गणेश भगवानको आरधना गर्नु राम्रो हुनेछ। मिहिनेतको फल मिल्ने छ ।

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार  ५ : ११ बजे

इनम सापकोटासँग चिनजान, सम्पर्क र संलग्नता छैन : प्रधानन्यायाधीश शर्मा

काठमाडौं- प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले बिचौलिया भनिएका इनम सापकोटासँग आफ्नो

विश्वप्रकाशको आग्रह : कांग्रेसभन्दा पहिले देश भन्ने सिद्धान्त र मनोविज्ञानलाई केन्द्रमा राखेर अघि बढौँ

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसभन्दा पहिले देश

प्रेस स्वतन्त्रता अक्षुण्ण राख्दै आमसञ्चार क्षेत्रलाई व्यवस्थित बनाउनुपर्छ : मन्त्री तिमिल्सिना

काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्रेस स्वतन्त्रतालाई अक्षुण्ण

कर्णालीले जित्यो टस, पहिलो फिल्डिङ गर्दै

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएलअन्तर्गत बिहीबारको दोस्रो खेलमा कर्णाली याक्सले

पाकिस्तानमा एम्बुलेन्सभित्र सिलिन्डर विस्फोट, आठको मृत्यु

एजेन्सी– पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा बुधबार राति एम्बुलेन्सभित्र अक्सिजन सिलिन्डर