फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी « Khabarhub

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी


१६ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको विमानमा भएको घटनामा इरानको संलग्नता पुष्टि भए कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।

ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले घटनामा इरानको संलग्नताबारे अनुसन्धान भइरहेको बताउँदै जिम्मेवार पाइएमा इरानले ‘धेरै कडा’ परिणाम भोग्नुपर्ने बताए।

फ्लाईदुबईको विमानमा सह–पाइलटले भारतीय नागरिक कप्तान स्मिट मच्छरमाथि छुरा प्रहार गरेपछि विमानको नियन्त्रणका लागि संघर्ष भएको थियो। यात्रुहरूको सहयोगमा सह–पाइलटलाई नियन्त्रणमा लिइएको थियो। त्यसपछि विमान साउदी अरेबियामा आपतकालीन अवतरण गरिएको थियो। यात्रुलाई पछि अर्को उडानमार्फत इजरायल पठाइएको थियो।

साउदी अरेबियाको प्रारम्भिक अनुसन्धानले सह–पाइलटले कप्तानमाथि आक्रमण गरेको देखाएको जनाएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सह–पाइलट इस्लामवादी कट्टरपन्थी विचारबाट प्रभावित रहेको र विमान दुर्घटना गराउने प्रयास गरेको आरोप लगाएका छन् ।

युएईका प्रमुख अभियोजकले घटनामा आतङ्कवादी गतिविधि वा त्यस्तो उद्देश्य भए–नभएको विषयमा अनुसन्धान भइरहेको बताएका छन् । नेतान्याहुले सह–पाइलट ओमानी नागरिक रहेको उल्लेख गर्दै इजरायलसँग कूटनीतिक सम्बन्ध नभएका देशका नागरिकलाई इजरायल जाने उडानमा काम गर्न दिइएको विषयमा पनि छानबिन हुने बताए।

फ्लाइटराडार २४ का अनुसार घटनाका क्रममा विमान एक मिनेटमा करिब १७ हजार फिट तल झरेको थियो। घाइते कप्तान मच्छरको स्वास्थ्य अवस्था राम्रो रहेको भारतीय दूतावासले जनाएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनको साहसको प्रशंसा गरे।

फ्लाईदुबईले चालकदलका अर्का सदस्यले विमानलाई सुरक्षित अवतरण गराएको जनाएको छ। अनुसन्धान जारी रहेकाले इजरायलका लागि आफ्ना उडान स्थगित गरिएको कम्पनीले जनाएको छ।

यसैबीच, मध्यपूर्वमा अमेरिकी सैन्य उपस्थिति बढिरहेका बेला ट्रम्पको यस्तो चेतावनी आएको हो। ‘एक्सियोस’ का अनुसार अमेरिकाले साउदी अरेबिया र कतारमा थप प्याट्रियट क्षेप्यास्त्र प्रणाली तैनाथ गरेको छ। साथै, यूएसएस थियोडोर रुजवेल्ट विमानवाहक पोतसहितको युद्धपोत समूह मध्यपूर्वतर्फ गइरहेको छ।

इजरायली राष्ट्रपति आइज्याक हर्जोगले सह–पाइलटलाई नियन्त्रणमा लिन तथा विमानलाई दुर्घटनाबाट जोगाउन सहयोग गर्ने पाँच इजरायली नागरिकलाई सम्मान गर्ने बताए।एजेन्सी

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार  ११ : १४ बजे

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज सूचना जारी गरी

फितलो कार्यान्वयन र जोखिम नलिँदा सोचेजस्तो आर्थिक विकास भएन : मुख्यसचिव कार्की

काठमाडौं– नेपालमा आर्थिक विकास र समृद्धिको ठूलो सम्भावना भए पनि

आशिकाको माग- दसैँमा पशुमाथि हुने क्रूरता रोकौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद् आशिका तामाङले दसैँमा पशुमाथि

निर्वाचन प्रहरी कपडा खरिद प्रकरण : मनिष झाको नेतृत्वमा ९ सदस्यीय अध्ययन समिति गठन

काठमाडौं– संसद्को सार्वजनिक लेखा समितिले निर्वाचन (म्यादी) प्रहरीको कपडा खरिदमा

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ