महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह « Khabarhub

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह


१६ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज सूचना जारी गरी दुई दिन महाकाली नदीको तटीय क्षेत्रका स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
    
भारतको धारचुलास्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको शनिबारदेखि सोमबारसम्म सिल्ट सफाइको कार्य हुने र उक्त प्रयोजनका लागि बाँधको ढोका खोलिने भएकाले महाकाली नदीमा जलस्तर बढ्नसक्ने सम्भावना रहेकाले तटीय क्षेत्रका बासिन्दालाई पूर्व सतर्कता अपनाउन आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीले जानकारी दिए ।

‘अठचालिस घण्टासम्म सिल्ट सफाइ कार्य गर्नुपर्ने हुँदा बाँधको ढोका खोलिने भएकाले जलस्तर बढ्न सक्छ’, सूचनामा भनिएको छ, ‘शनिबार राति १ः०० बजेदेखि सोमबार राति १ः०० बजेसम्म जलस्तर बढ्न सक्ने हुँदा सतर्कता अपनाउन सूचना जारी गरिएको छ ।’

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार  १ : १० बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको