अनमोलको ‘बाटुलो जून’मा फर्कियो पुरानो प्रेमको स्वाद, सार्वजनिक भयो टिजर « Khabarhub

अनमोलको ‘बाटुलो जून’मा फर्कियो पुरानो प्रेमको स्वाद, सार्वजनिक भयो टिजर


१६ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेता अनमोल केसीलाई नयाँ अवतारमा देखाउने तयारीमा रहेको फिल्म ‘बाटुलो जून’को टिजर सार्वजनिक भएको छ । 

सनराइज पिक्चरले फिल्मको प्रचार अभियान सुरु गर्दै पहिलो चल प्रचार सामग्री दर्शकमाझ ल्याएको हो । 

करिब एक मिनेट आसपासको टिजरले फिल्मको कथा भने खुलस्त गर्दैन, बरु त्यसको परिवेश, पात्र र प्रेमकथाका केही दृश्य देखाउँदै कौतुहलता बढाउने प्रयास गरेको छ ।

‘बाटुलो जून’को कथा अहिलेको समयभन्दा धेरै पछाडि पुग्छ । ३० को दशकको सामाजिक परिवेशमा आधारित फिल्मले त्यति बेलाको प्रेम, जीवनशैली र सामाजिक सोचलाई कथाको आधार बनाएको छ । 

मोबाइल, सामाजिक सञ्जाल र प्रविधिले प्रेमको शैली नै बदलिएको वर्तमान समयभन्दा फरक, फिल्मले त्यो समयको सरल र भावनात्मक प्रेमलाई पर्दामा उतार्ने प्रयास गरेको छ ।

फिल्मको निर्देशन भुवन केसीले गरेका हुन् । ‘ड्रिम्स’मा आधुनिक प्रेमकथा प्रस्तुत गरेका भुवन यसपटक आफ्नै अभिनय यात्रासँग जोडिएको समयतर्फ फर्किएका छन् । उनी स्वयं पनि फिल्ममा महत्त्वपूर्ण भूमिकामा देखिनेछन् ।

फिल्ममा अनमोल केसी मुख्य भूमिकामा छन् भने प्रिन्सी खतिवडाले यही फिल्मबाट अभिनय यात्रा सुरु गर्दैछिन् । बेल्जियममा बस्दै आएकी अभिनेत्री गरिमा पन्त पनि यसै फिल्ममार्फत नेपाली सिनेमामा पुनरागमन गर्दैछिन् ।

सामीप्यराज तिमल्सेना र सरिन पोखरेलको लेखन रहेको फिल्म कार्तिक २६ गतेदेखि प्रदर्शनमा आउनेछ । जिया केसी र भविष्य खड्काले निर्माण गरेको फिल्ममा विवेक थापा सह–निर्माता छन् । 

राजेश श्रेष्ठको छायाङ्कन, कृष्ण भण्डारीको सम्पादन र रोमन बज्राचार्यको पार्श्व संगीत रहेको ‘बाटुलो जून’ले पुरानो समयको प्रेमलाई नयाँ पुस्ताले कत्तिको रुचाउँछ भन्ने चासो पनि बढाएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार  १ : ३४ बजे

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका

रुपन्देहीमा नेपाल–भारतका पहलमानको कुस्ती प्रतियोगिता (तस्विरहरू)

रुपन्देही– नेपाल र भारतका पहलमानहरूको सहभागितामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, सगरहवा

महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

काठमाडौँ– महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा शनिबार भएको

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा- स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा