डीपफेकविरुद्ध सामन्थाको कानुनी लडाइँ, अदालतले भन्यो- ‘नाम, तस्बिर र आवाजको दुरुपयोग गर्न पाइँदैन’ « Khabarhub

डीपफेकविरुद्ध सामन्थाको कानुनी लडाइँ, अदालतले भन्यो- ‘नाम, तस्बिर र आवाजको दुरुपयोग गर्न पाइँदैन’


१६ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एआईको प्रयोग गरेर आफ्नो तस्बिर, आवाज र पहिचानसँग जोडिएका सामग्री बनाउने क्रम बढेपछि अभिनेत्री सामन्था रुथ प्रभु कानुनी बाटोमा पुगेकी छन् । 

आफ्नो व्यक्तित्वको अनधिकृत प्रयोग रोक्न माग गर्दै उनले बम्बई उच्च अदालतमा याचिका दायर गरेकी थिइन्। उनको याचिकामाथि सुनुवाइ गर्दै अदालतले अन्तरिम आदेश जारी गरेको छ।

सामन्थाले विभिन्न वेबसाइट र सामाजिक सञ्जालमा आफ्नो नाम, तस्बिर, आवाज तथा व्यक्तित्वसँग सम्बन्धित सामग्री अनुमति बिना प्रयोग भइरहेको दाबी गरेकी छन् । 

विशेषगरी एआईमार्फत तयार गरिएका डीपफेक भिडियो, परिवर्तन गरिएका तस्बिर, नक्कली आवाज र अश्लील सामग्रीले आफ्नो अधिकारमा असर पारेको उनको भनाइ छ।

सामन्थाकी वकिल रश्मिन खांडेकरले अदालतमा अभिनेत्रीको तस्बिर परिवर्तन गरेर बनाइएका सामग्रीदेखि एआईको सहायताले उनको आवाज नक्कल गरिएका सामग्रीसम्मको विषय उठाएकी थिइन् । यस्ता सामग्रीमा सामन्थालाई आपत्तिजनक ढंगले प्रस्तुत गरिएको र व्यक्तित्वलाई वस्तुका रूपमा प्रयोग गरिएको दाबी पनि गरिएको छ ।

अदालतले सामन्थाको नाम, तस्बिर र आवाजको अनधिकृत प्रयोग गरी आपत्तिजनक सामग्री प्रकाशित गर्न रोक लगाएको छ । 

साथै, व्यक्तित्वसम्बन्धी अधिकारलाई अभिव्यक्ति तथा व्यक्तिगत स्वतन्त्रता, गोपनीयता र मानवीय मर्यादासँग जोडिएका मौलिक अधिकारबाट सुरक्षित रहेको उल्लेख गरेको छ ।

यससँगै एआई र डीपफेकको बढ्दो दुरुपयोगबीच सेलिब्रिटीको डिजिटल पहिचान र व्यक्तित्व अधिकारको संरक्षणको विषय फेरि चर्चामा आएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार  २ : ०८ बजे

मनोनीत केन्द्रीय सदस्यलाई शपथ गराउँदै ओलीले भने-  ‘एमालेलाई बलियो बनाए अहिलेको धक्काबाट माथि उठ्न सकिन्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर

एमालेका मनोनीत केन्द्रीय सदस्यहरुले गरे शपथ ग्रहण

काठमाडौं– नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले शपथग्रहण गरेका छन् ।

भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भाषा आयोगका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद न्यौपानेले

करदाता प्रोत्साहन उपहार : पर्साका लालबाबुले पाए १० लाख

काठमाडौं– करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको

विधान संशोधनमा पूर्वसभापतिको मर्यादा र स्थान समेटिने छ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसले असोज १८ गतेदेखि काठमाडौंमा सुरु हुने पार्टीको