सुशासनका सवालमा सरकार असफल देखियो : खुस्बु ओली « Khabarhub

सुशासनका सवालमा सरकार असफल देखियो : खुस्बु ओली


१६ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)की प्रमुख सचेतक खुस्बु ओलीले सुशासनका सवालमा सरकार असफल देखिएको टिप्पणी गरेकी छन् ।  

शुक्रबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै ओलीले महङ्गी र कालाबजारीका कारण जनताको जीवनयापनमा प्रभाव परेको र सुशासनका सवालमा समेत सरकार असफल देखिएको टिप्पणी गरेकी हुन् । 

उनले देशमा महँगी चरम विन्दुमा पुगेकाले सामान्य र मध्यमवर्गीय परिवारलाई खाद्यान्न तथा ग्यास आपूर्तिका कारण दैनिक जीविकोपार्जन गर्न गाह्रो भइरहेको बताइन् ।

त्यस्तै उनले सरकारले ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने र स्वदेश तथा विदेशमा रहेका नेपालीहरूका लागि रोजगारीका अवसर सिर्जना गर्ने प्रतिबद्धता र लक्ष्य पूरा गर्न नसकेको आरोप लगाइन् ।

सरकारले सुशासनको धज्जी उडाएको र प्रधानमन्त्री कार्यालय मातहतको सफ्टवेयर कम्पनीका सीईओ नियुक्ति प्रकरण जस्ता घटनाले सरकारको इमानदारितामाथि गम्भीर प्रश्न उठाएको उनले बताइन् ।

साथै उनले प्रधानमन्त्रीले संसद्लाई पूर्ण रूपमा उपेक्षा गरेको, संसदीय नियमावली अनुसार संसद्मा उपस्थित भएर जबाफ नदिएको र संसद् छलेर अध्यादेश ल्याउने जस्ता गैर–लोकतान्त्रिक अभ्यास गरेको बताइन् । 

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार  ७ : ०३ बजे

पदाधिकारीमा आउन कांग्रेस नेताहरूको रस्साकस्सी, को-को छन् दाबेदार ?

काठमाडौं- नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारी धमाधम चलिरहेको छ ।

चाडबाड हुने ठगी नियन्त्रण गर्न कोशीका १० स्थानमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं– चाडवाडका बेला यात्रु तथा अन्य सर्वसाधारणमाथि हुने ठगी र

गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी– खसीबोकापालन व्यवसाय आम्दानीको राम्रो स्रोत भएपछि यसलाई गुल्मीका कतिपय किसानले

काठमाडौं जिल्ला अदालतले डा. पाण्डेविरुद्धका निवेदनमा दिएन अन्तरकालीन आदेश

काठमाडौं– डा. रुद्र पाण्डेविरुद्ध गाली बेइज्जेती मुद्दा लिएर गएका कलेजलाई