सुशासनका सवालमा सरकार असफल देखियो : खुस्बु ओली « Khabarhub

सुशासनका सवालमा सरकार असफल देखियो : खुस्बु ओली


१६ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)की प्रमुख सचेतक खुस्बु ओलीले सुशासनका सवालमा सरकार असफल देखिएको टिप्पणी गरेकी छन् ।  

शुक्रबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै ओलीले महङ्गी र कालाबजारीका कारण जनताको जीवनयापनमा प्रभाव परेको र सुशासनका सवालमा समेत सरकार असफल देखिएको टिप्पणी गरेकी हुन् । 

उनले देशमा महँगी चरम विन्दुमा पुगेकाले सामान्य र मध्यमवर्गीय परिवारलाई खाद्यान्न तथा ग्यास आपूर्तिका कारण दैनिक जीविकोपार्जन गर्न गाह्रो भइरहेको बताइन् ।

त्यस्तै उनले सरकारले ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने र स्वदेश तथा विदेशमा रहेका नेपालीहरूका लागि रोजगारीका अवसर सिर्जना गर्ने प्रतिबद्धता र लक्ष्य पूरा गर्न नसकेको आरोप लगाइन् ।

सरकारले सुशासनको धज्जी उडाएको र प्रधानमन्त्री कार्यालय मातहतको सफ्टवेयर कम्पनीका सीईओ नियुक्ति प्रकरण जस्ता घटनाले सरकारको इमानदारितामाथि गम्भीर प्रश्न उठाएको उनले बताइन् ।

साथै उनले प्रधानमन्त्रीले संसद्लाई पूर्ण रूपमा उपेक्षा गरेको, संसदीय नियमावली अनुसार संसद्मा उपस्थित भएर जबाफ नदिएको र संसद् छलेर अध्यादेश ल्याउने जस्ता गैर–लोकतान्त्रिक अभ्यास गरेको बताइन् । 

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार  ७ : ०३ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको