खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता « Khabarhub

खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता


१६ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

कैलाली- कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक किशोर बेपत्ता भएका छन् ।

जिल्लाको धनगढी उपमहानगरपालिका–१ का १७ वर्षीय दोर्ण सुवेदी आज खुटिया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

उनका अनुसार सुवेदी धनगढीबाट अन्य तीन जना साथीसँगै खुटिया नदीमा नुहाउन गएका थिए ।

नुहाउने क्रममा नदीमा डुबेका सुवेदीलाई उनका साथीहरूले तत्काल खोजी गरे पनि फेला पार्न नसकेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर खोजी गरिरहेको प्रहरी प्रवक्ता तिमिल्सिनाले बताए ।

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार  ८ : १६ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको