काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्डको धादिङस्थित बेनिघाट रोराङ गाउँपालिका–९ मझिमटारमा निर्माणाधीन आकाशे पुलको गर्डर राख्न आवागमन बन्द गरिएको छ ।
सोमबार पूर्वान्ह ११ बजेदेखि दिउँसो २ बजेसम्म सवारी आवागमन बन्द गरेर काम सुरू गरिएको हो ।
सडक बन्द रहने समयमा सवारी चालक तथा यात्रुलाई धैर्यतापूर्वक यथास्थानमा रहन, लेन अनुशासन कायम गर्न तथा ट्राफिक नियमको पालना गर्न नागढुङ्गा–मुग्लिङ सडक आयोजना पश्चिम खण्डले अनुरोध गरेको छ ।
तस्बिर : हीरालाल गुरुङ/नेपाल फोटो लाइब्रेरी
























प्रतिक्रिया