भेनेजुएलामा विद्रोही शिविरमा आक्रमण, १९ जनाको मृत्यु « Khabarhub

भेनेजुएलामा विद्रोही शिविरमा आक्रमण, १९ जनाको मृत्यु


१६ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भेनेजुएलाको सेनाले पश्चिमी अपुरे राज्यमा रहेको कोलम्बियाली विद्रोही समूह नेसनल लिबरेसन आर्मी (इएलएन) को शिविरमा गरेको आक्रमणमा कम्तीमा १९ जनाको मृत्यु भएको छ । 

शुक्रबार बिहान ड्रोन र आक्रमणकारी हेलिकप्टरबाट गरिएको हमलामा मारिने अधिकांश भेनेजुएलाका नागरिक रहेको सैन्य स्रोतले जनाएको छ ।

सीमावर्ती क्षेत्रमा मानव अधिकार उल्लङ्घनको निगरानी गर्ने गैरसरकारी संस्था फन्डारेड्सका संयोजक जुआन फ्रान्सिस्को गार्सियाले आक्रमणमा सुरुमा नौ जनाको मृत्यु भएको र भोलिपल्ट थप १० शव सान फर्नान्डो लगिएको बताए ।

नाम सार्वजनिक नगर्ने सर्तमा एक सैन्य स्रोतले आक्रमणमा अमेरिकी गुप्तचर निकाय सिआइए र एफबीआईको सहयोग रहेको तथा यो अमेरिकी आदेशमा गरिएको दाबी गरे । यसबारे अमेरिकी विदेश मन्त्रालय र भेनेजुएला सरकारले तत्काल प्रतिक्रिया दिएका छैनन् ।

भेनेजुएला र कोलम्बियाबीचको दुई हजार २०० किलोमिटर लामो सीमावर्ती क्षेत्रमा लागूऔषध तस्करी, अवैध खनन र अन्य तस्करीमा संलग्न सशस्त्र समूह सक्रिय छन् । सन् २०१६ मा फार्क विद्रोही समूहले कोलम्बिया सरकारसँग शान्ति सम्झौता गरेपछि इएलएन ल्याटिन अमेरिकाको सबैभन्दा शक्तिशाली विद्रोही समूह बनेको छ ।

मानव अधिकार अधिवक्ता तथा सैन्य मामिलाकी विशेषज्ञ रोसियो सान मिगुएलले पछिल्लो आक्रमणले भेनेजुएलाको सैन्य नीतिमा परिवर्तन आएको सङ्केत गरेको बताए । सैन्य स्रोतले सीमावर्ती क्षेत्रमा थप विद्रोही शिविर रहेको आशङ्का गर्दै खोजी अभियान जारी राख्ने जनाएको छ ।

अमेरिकाले गत जनवरीमा निकोलस मदुरोलाई सत्ताच्युत गरेपछि भेनेजुएलाको नीतिमा आएको परिवर्तनसँग पनि यो कारबाही जोडिएको हुन सक्ने बताइएको छ । मदुरोकी पूर्वसहयोगी डेल्सी रोड्रिगेजको नेतृत्वमा रहेको सरकारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन पाएको छ ।

कोलम्बियाका नवनिर्वाचित कट्टर दक्षिणपन्थी राष्ट्रपति अबेलार्डो डे ला एस्प्रियेलाले इएलएन र लागुऔषध तस्करीमा संलग्न समूहविरुद्ध कडा कारबाही अघि बढाइरहेका बेला यो घटना भएको हो । 

कोलम्बिया लागूऔषध तस्करी र सङ्गठित अपराध नियन्त्रण गर्न अमेरिकी नेतृत्वमा सञ्चालित क्षेत्रीय प्रयासमा अन्य एक दर्जनभन्दा बढी ल्याटिन अमेरिकी तथा क्यारिबियन राष्ट्रसँग सहभागी छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८३, सोमबार  १२ : ५१ बजे

प्रचारप्रसार नहुँदा ओझेलमा धैबुङ कालिका मन्दिर

रसुवा– धैबुङ  कालिका  मन्दिर ओझेलमा परेको छ । आवश्यक प्रचारप्रसार

‘यमनमा साउदी नेतृत्व गठबन्धनको आक्रमण, सात जना घाइते’

एजेन्सी – यमनको होदेइदाह प्रान्तस्थित रस इसा बन्दरगाह र तेल प्रशोधन

बमले उडाइदिने धम्कीपछि बुलेटप्रूफ घेरामा अमिताभ

काठमाडौं– बलिउडका महानायक अमिताभ बच्चन वर्षौँदेखि हरेक आइतबार आफ्नो घरबाहिर

माडीमा धान नफलेपछि किसान चिन्तित, बीउको गुणस्तरमाथि प्रश्न

नारायणगढ – माडी नगरपालिका–७, कीर्तनपुरका गोविन्द भण्डारीले गत वर्षसम्म एक कठ्ठामा

२५औँ सत्याग्रहमा बसेका डा. केसीको स्वास्थ्यमा समस्या, काठमाडौँमा उपचार हुँदै (तस्बिरहरू)

काठमाडौँ– चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीलाई स्वास्थ्यमा