६१औँ जन्मदिनमा शाहरुखले सार्वजनिक गरे ‘किङ’को पहिलो गीत ‘तू मिल जाए’ « Khabarhub

६१औँ जन्मदिनमा शाहरुखले सार्वजनिक गरे ‘किङ’को पहिलो गीत ‘तू मिल जाए’


१६ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउड सुपरस्टार शाहरुख खानले आफ्नो जन्मदिनको अवसर पारेर बहुप्रतीक्षित फिल्म ‘किङ’को पहिलो गीत सार्वजनिक गरेका छन् । 

फिल्मको ‘तू मिल जाए’ बोलको गीतले सार्वजनिक भएसँगै दर्शकमाझ चर्चा बटुल्न थालेको छ। गीतमा शाहरुखसँगै अभिनेत्री दीपिका पादुकोणको रोमान्टिक केमेस्ट्री देख्न सकिन्छ। अझ रोचक पक्ष त के छ भने यस गीतमा हलिउडका चर्चित गायक एड शिरन पनि जोडिएका छन्।

अरिजित सिंह र एड शिरनको स्वर रहेको गीतमा एडले आफ्नो विशेष शैलीमा र्‍यापसमेत प्रस्तुत गरेका छन्। सचिन–जिगरको संगीत, कुमारको शब्द तथा मधुबन्ती बाग्चीको स्वरले गीतलाई थप आकर्षक बनाएको छ। प्रेमिल भाव र फरक सांगीतिक स्वाद समेटिएको यो गीतले श्रोताको ध्यान तान्ने प्रयास गरेको छ।

भिडियोको अन्त्यमा शाहरुखको एउटा दमदार संवादले फिल्मप्रतिको कौतुहलता झनै बढाउँछ। उनी भन्छन्, ‘यसपटक मुटुमा आगो लागेको छ, अब संसार नजलाएसम्म मन मान्नेवाला छैन।’ यो संवादले फिल्ममा शाहरुखको पात्र किन यति आक्रामक र प्रतिशोधी बनेको छ भन्ने प्रश्न जन्माउँछ। भिडियोमा उनका पात्रको विगत र बदलाको यात्राबारे पनि केही संकेत देखाइएको छ।

निर्देशक सिद्धार्थ आनन्दको निर्देशनमा बनेको ‘किङ’मा शाहरुख र दीपिकाले पुनः सहकार्य गरेका हुन्। यसअघि उनीहरू ‘जवान’मा सँगै देखिएका थिए। सिद्धार्थ आनन्दकै निर्देशनमा बनेको ब्लकबस्टर फिल्म ‘पठान’मा पनि दीपिका शाहरुखको जोडीका रूपमा प्रस्तुत भएकी थिइन्।

रेड चिलिज इन्टरटेनमेन्ट र मार्फ्लिक्स पिक्चर्सको निर्माण रहेको फिल्म आगामी डिसेम्बर २४ मा विश्वभर प्रदर्शन हुँदैछ। फिल्ममा शाहरुख र दीपिकासँगै अभिषेक बच्चन, रानी मुखर्जी, बबी देओल, अर्शद वारसी, अनिल कपुर, ज्याकी श्राफ, सुहाना खान, अभय वर्मा, जयदीप अहलावत र सौरभ शुक्लालगायत कलाकारको अभिनय छ।

प्रकाशित मिति : १६ कार्तिक २०८३, सोमबार  १ : ०७ बजे

दक्षिण कोरियाको एआईमा दोब्बर लगानी

सियोल– दक्षिण कोरियाले सन् २०२७ मा कृत्रिम बौद्धिकता(एआई) र सेमिकन्डक्टर

कांग्रेसविरुद्धका आरोप निराधार रहेको गगनको सचिवालयको दाबी, सरकारले विषयान्तर गरेको आरोप

काठमाडौं– नेपाली कांग्रेसले पार्टी र नेतृत्वविरुद्ध केही सञ्चारमाध्यम तथा सामाजिक

चीन र रुसले अमेरिकाको जासुसी गरिरहेको ट्रम्पको आरोप, आफूहरू अझ सक्षम रहेको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले अमेरिकामाथि जासुसी

हानि तथा नोक्सानी कोषको २० मिलियन डलर : नमुना परियोजना बनाउने सरकारको तयारी

काठमाडौँ – जलवायुजन्य विपद्बाट प्रभावित समुदायलाई लक्षित गर्दै नेपाल सरकारले

तस्बिरमा कर्णालीको ब्याटिङ, काठमाडौँको बलिङ

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत सोमबारको पहिलो खेलमा