सिंहदरबारमा प्रतिपक्षी दलको बैठक, के छन् एजेण्डा ? « Khabarhub

सिंहदरबारमा प्रतिपक्षी दलको बैठक, के छन् एजेण्डा ?


१६ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारको कार्यशैली र संविधान तथा प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अन्य प्रतिपक्षी दलहरूसँग छलफल थालेको छ ।

कांग्रेसको आह्वानमा सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा प्रतिपक्षी दलहरूको बैठक सुरु भएको हो । बैठकमा सरकारको स्वेच्छाचारिता, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र संविधानमाथि भइरहेको प्रहारलगायत विषयमा छलफल भइरहेको छ ।

बैठकमा नेकपा एमालेका सचिव तथा संसदीय दलका उपनेता पद्मा अर्याल, नेपाली कम्युनिस्ट पार्टीका संसदीय दलका नेता वर्षमान पुन र प्रमुख सचेतक युवराज दुलाल सहभागी छन् ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक खुश्बु ओली पनि बैठकमा सहभागी छन् । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको सचिवालयले दिएको जानकारीअनुसार संसद्बाहिर रहेका दलका नेताहरूको समेत बैठकमा उपस्थिति रहेको छ ।

सरकारका पछिल्ला गतिविधिबारे साझा धारणा निर्माण गर्ने उद्देश्यले बैठक बोलाइएको हो।

प्रकाशित मिति : १६ कार्तिक २०८३, सोमबार  २ : ०३ बजे

चीन र रुसले अमेरिकाको जासुसी गरिरहेको ट्रम्पको आरोप, आफूहरू अझ सक्षम रहेको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले अमेरिकामाथि जासुसी

हानि तथा नोक्सानी कोषको २० मिलियन डलर : नमुना परियोजना बनाउने सरकारको तयारी

काठमाडौँ – जलवायुजन्य विपद्बाट प्रभावित समुदायलाई लक्षित गर्दै नेपाल सरकारले

तस्बिरमा कर्णालीको ब्याटिङ, काठमाडौँको बलिङ

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत सोमबारको पहिलो खेलमा

निर्वाचन नजिकिँदै गर्दा अमेरिकी किसानलाई १५ अर्ब डलरको राहत घोषणा

एजेन्सी – अमेरिकामा मध्यावधि निर्वाचन नजिकिँदै गर्दा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले

कर्णालीले काठमाडौँलाई दियो १८१ रनको लक्ष्य

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत सोमबारको पहिलो खेलमा