दक्षिण कोरियाको एआईमा १६ अर्ब डलर लगानी « Khabarhub

दक्षिण कोरियाको एआईमा १६ अर्ब डलर लगानी


१६ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

सियोल– दक्षिण कोरियाले सन् २०२७ मा कृत्रिम बौद्धिकता(एआई) र सेमिकन्डक्टर क्षेत्रमा १६ अर्ब अमेरिकी डलर लगानी गर्ने भएको छ ।

राष्ट्रपति ली जे मयुङले संसद्मा प्रस्तुत गरेको बजेट योजनामा यस वर्षको तुलनामा झन्डै दोब्बर रकम विनियोजन प्रस्ताव गरिएको छ ।

सरकारले एआई विकासका लागि २१ खर्ब ३० अर्ब वन छुट्याउने प्रस्ताव गरेको छ । त्यसमध्ये आफ्नै एआई नमुना विकास गर्न चार खर्ब ७० अर्ब वन खर्च गरिनेछ ।

एआई प्रविधिको विस्तारसँगै मेमोरी चिपको माग बढिरहेका बेला दक्षिण कोरियाले यो क्षेत्रमा लगानी बढाउन लागेको हो । सामसङ इलेक्ट्रोनिक्स र एसके हाइनिक्स विश्वका प्रमुख मेमोरी चिप उत्पादक कम्पनी हुन् ।

सन् २०२७ को कुल बजेट ८२१ खर्ब वन प्रस्ताव गरिएको छ र यो चालु वर्षभन्दा १२.८ प्रतिशत बढी हो । यो देशकै ठूलो बजेट प्रस्ताव हो ।

सरकारले रक्षा बजेट पनि ८.२ प्रतिशत बढाएर ७३ खर्ब ३० अर्ब वन पुर्‍याउने प्रस्ताव गरेको छ । आणविक शक्तिबाट चल्ने पनडुब्बी, केएफ–२१ लडाकू विमान तथा एआई, रोबोट र ड्रोनमा आधारित सैन्य प्रणाली विकासलाई प्राथमिकता दिइने राष्ट्रपति लीले बताए । 

बजेट कार्यान्वयनका लागि संसद्को स्वीकृति आवश्यक पर्नेछ ।

प्रकाशित मिति : १६ कार्तिक २०८३, सोमबार  ३ : ०७ बजे

यारी भन्सारबाट लक्ष्यभन्दा तीन गुणा बढी राजस्व संकलन

हुम्ला – चीनसँग सीमा जोडिएको हुम्लाको उत्तरी नाका हिल्सास्थित यारी

काठमाडौँ चार विकेटले विजयी : १८० रन बनाउँदासमेत चुक्यो कर्णाली

काठमाडौँ – काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ

बालिकामाथि जबरजस्ती करणीको आरोपमा २६ वर्षीय युवक पक्राउ

मकवानपुर– १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा मकवानपुरका २६

रुस र युक्रेनका आपतकालीन चेतावनी प्रणालीमा साइबर हमला, झुटा सूचना फैलाइयो

काठमाडौँ – रुस र युक्रेनका आपतकालीन चेतावनी प्रणालीमा साइबर हमला भएको

काठमाडौँका रसिद खानले बनाए अर्धशतक

काठमाडौँ – कर्णाली याक्सविरुद्ध काठमाडौँ गोर्खाजका रसिद खानले अर्धशतक बनाएका