बाढी प्रभावित बेथानचोकका सात परिवारलाई रेडक्रसद्वारा राहत वितरण « Khabarhub

बाढी प्रभावित बेथानचोकका सात परिवारलाई रेडक्रसद्वारा राहत वितरण


१६ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काभ्रे – गत कात्तिक १३ र १४ गतेको बाढीबाट प्रभावित बेथानचोक गाउँपालिका–४, खहरेका सात परिवारलाई नेपाल रेडक्रस सोसाइटीले राहत सामग्री वितरण गरेको छ ।

विपद्बाट प्रभावित परिवारलाई तत्काल आवश्यक सहयोग पुर्‍याउने उद्देश्यले राहत उपलब्ध गराइएको नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक जिल्ला शाखाका मन्त्री राजु सिग्देलले जानकारी दिए ।

उनका अनुसार प्रभावित सातै परिवारलाई दैनिक जीवनयापनमा आवश्यक पर्ने त्रिपाल, म्याट्रेस, मन्डी, भाँडाकुँडा तथा लत्ताकपडा वितरण गरिएको हो ।

मन्त्री सिग्देलले विपद्का बेला प्रभावित नागरिकलाई सहयोग गर्नु मानवीय दायित्व भएको बताउँदै आवश्यकताअनुसार सहयोगका गतिविधि अघि बढाइने उल्लेख गरे ।

प्रकाशित मिति : १६ कार्तिक २०८३, सोमबार  ३ : १६ बजे

भूमिहीनलाई पुर्जा वितरणमा ढिलाइ नगर्न मन्त्री रावलको निर्देशन

भद्रपुर– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

कृषिमन्त्री र अर्थमन्त्रीबीच भेटवार्ता, जलवायु वित्त र कोप–३१ को तयारीबारे छलफल

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरी र अर्थमन्त्री स्वर्णिम

जापानका प्रस्तावित राजदूत थापाले लिए नाम फिर्ता

काठमाडौँ–  जापानका लागि प्रस्तावित नेपाली राजदूत जिज्ञानकुमार थापाले आफ्नो नाम

यारी भन्सारबाट लक्ष्यभन्दा तीन गुणा बढी राजस्व संकलन

हुम्ला – चीनसँग सीमा जोडिएको हुम्लाको उत्तरी नाका हिल्सास्थित यारी

काठमाडौँ चार विकेटले विजयी : १८० रन बनाउँदासमेत चुक्यो कर्णाली

काठमाडौँ – काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ