चीनसँगको वैकल्पिक नाकाबाट व्यापारिक गतिविधि गर्न छलफल गरिरहेका छौँ : परराष्ट्र « Khabarhub

चीनसँगको वैकल्पिक नाकाबाट व्यापारिक गतिविधि गर्न छलफल गरिरहेका छौँ : परराष्ट्र


१६ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले चीनसंगको वैकल्पिक नाकाहरुबाट व्यापारिक गतिविधि गर्न छलफल भइरहेको जानकारी दिएका छन् । 

सिंहदरबारमा सोमबार बसेको भोटेकोशी एवम् कालीगण्डकी कोरिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समिति बैठकमा सचिव राईले हाललाई तातोपानी नाकालाई प्राथमिकता दिइए पनि कोरला नाका र दोलखाको लामाबगर नाकाबाट पनि व्यापारिक गतिविधि तथा सडक सञ्जाललाई प्रभावकारी बनाउने बिषयमा छलफल भइरहेको जानकारी दिएका हुन् ।

उनले ग्लोबल वार्मिङ र हिमाल पग्लने क्रमका कारण तातोपानी लगायतका नाकाहरू उच्च जोखिममा रहेकाले भविष्यमा वैकल्पिक वा नदी बेसिनमा आधारित नयाँ नाकाहरू विकास गर्नुपर्ने उल्लेख गरे । 

सचिव राईले चीनसँगको सहकार्यमा भविष्यमा आउन सक्ने जोखिमहरूलाई न्यूनीकरण गर्न भरपर्दो पूर्वसूचना प्रणाली र संयुक्त संयन्त्र स्थापना गर्नका लागि सरकार क्रियाशिल रहेको जनाए ।

उनले भोटेकोशी बाढी लगतै दुर्गम क्षेत्रमा हेलिकप्टर ल्यान्ड गराउन र मानिसहरूलाई सुरक्षित स्थानमा लैजान कठिनाइ भए पनि सुरक्षा फौजले अवस्थाको आकलन गरी उद्धार कार्य तत्काल अघि बढाइएको बताए । 

विपद् व्यवस्थापन र राहतका लागि प्राप्त २० मिलियन फण्डबाहेक परियोजनामा आधारित सहयोग र राहत वितरणका लागि कृषि, वन तथा पर्यावरण मन्त्रालयले समन्वय गरिरहेको उहाले उल्लेख गरे ।

बैठकमा समितिका सदस्यहरुले जलवायु परिवर्तनबाट नेपाललाई भएको क्षति र जलवायु परिवर्तनका असरबारे अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी कूटनीतिक पहल अघि बढाउनुपर्ने धारणा राखेका छन् । 

प्रकाशित मिति : १६ कार्तिक २०८३, सोमबार  ४ : १० बजे

भूमिहीनलाई पुर्जा वितरणमा ढिलाइ नगर्न मन्त्री रावलको निर्देशन

भद्रपुर– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

कृषिमन्त्री र अर्थमन्त्रीबीच भेटवार्ता, जलवायु वित्त र कोप–३१ को तयारीबारे छलफल

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरी र अर्थमन्त्री स्वर्णिम

जापानका प्रस्तावित राजदूत थापाले लिए नाम फिर्ता

काठमाडौँ–  जापानका लागि प्रस्तावित नेपाली राजदूत जिज्ञानकुमार थापाले आफ्नो नाम

यारी भन्सारबाट लक्ष्यभन्दा तीन गुणा बढी राजस्व संकलन

हुम्ला – चीनसँग सीमा जोडिएको हुम्लाको उत्तरी नाका हिल्सास्थित यारी

काठमाडौँ चार विकेटले विजयी : १८० रन बनाउँदासमेत चुक्यो कर्णाली

काठमाडौँ – काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ