काठमाडौँ चार विकेटले विजयी : १८० रन बनाउँदासमेत चुक्यो कर्णाली « Khabarhub

काठमाडौँ चार विकेटले विजयी : १८० रन बनाउँदासमेत चुक्यो कर्णाली

एनपीएलः काठमाडौँको पहिलो जित, कर्णालीको पहिलो हार


१६ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : 5 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार भएको खेलमा टस जितेर पहिला बलिङ गरेको काठमाडाैँ चार विकेटले विजयी भएको हो ।

सुरुमा ब्याटिङ गरेको कर्णाली याक्सले दिएको १८१ रनको लक्ष्य काठमाडौँले दुई बल बाँकी हुँदा छ विकेटको क्षतिमा पूरा गरेको हो ।

काठमाडौँको जितमा कप्तान करण केसीले विष्फोटक ब्याटिङ गर्दै २० बलमा ४४ रन जोडे । उनले तीन छक्का र चार चाैका हिर्काए । उसका लागि रसिद खानले अर्धशतक बनाए। उनले ३२ बल खेल्दा तीन चौका र दुई छक्का हिर्काएर ५० रन पूरा गरेका हुन् ।

अन्तिममा विष्फोटक ब्याटिङ गर्दै काठमाडाैँका जहानदाद खानले १० बलकाे सामना गर्दा दुई छक्का र एक चाैकाको मद्दतमा २२ रन बनाए । उसका लागि ओपनर डेबिड वार्नरले १० बलमा १६ रन बनाउँदा माेहमद आदिल आलमले २० रन थपे । स्मित पटेलले ९ रन जोड्दा भीम सार्की ५ रनमा आउट भए ।

काठमाडाैँविरुद्ध कर्णालीका कप्तान सोमपाल कामी र हुसेन तलातले दुईदुई विकेट हात पार्दा मार्क वाट र नन्दन यादवले एकएक विकेट लिए ।

सुरुमा ब्याटिङ गरेको कर्णालीले ६ विकेटको क्षतिमा पूरै २० ओभर खेल्दै १८० रन बनाएको थियो।

कर्णालीका लागि ओपनर आरिफुल इस्लामले सर्वाधिक ४४ रन बनाए । २२ बलको सामना गर्दा उनले पाँच चौका र तीन छक्का प्रहार गरे । त्यसैगरी हसन तलातले ३० बलमा ४० रन बनाउँदा पवन सरार्फले नटआउट ३० रन बनाए ।

त्यसैगरी कर्णालीका लागि गुल्सन झाले १२ बलमा दुई छक्काको मद्दतमा २० रन जोडे भने मार्क वाटले २० बल खेलेर १७ रन बनाए । आजको खेलमा दिपक डुम्रे भने ८ रन बनाउँदा आउट भएका थिए । कप्तान सोमपाल कामी दुई बलको सामना गर्दा १ रनमा सीमित भए ।

कर्णालीलाई सस्तैमा रोक्न काठमाडौँका कप्तान करण केसीले दुई विकेट हात पार्दा साहब आलम, जहानदाद खान, देव साह र सन्तोष यादवले एकएक विकेट हात पारे ।

कर्णाली यसअघिका दुई खेलमा जित निकाल्दै चार अंक जोडेर शीर्ष स्थानमा कायम छ । पहिलो खेलमा पराजित काठमाडौँले पहिलो जित निकाल्दै दुई अंक जोडेको हो ।

प्रकाशित मिति : १६ कार्तिक २०८३, सोमबार  ४ : २३ बजे

जिपको ढोकाबाट खस्दा एक जनाको मृत्यु

सिन्धुली – सिन्धुलीमा गुडिरहेको जिपको ढोकाबाट खसेर एक जनाको मृत्यु भएको

नेपाल–भारत ऊर्जा सहकार्य : अमलेखगञ्ज पाइपलाइनको दोस्रो चरण हस्तान्तरण

काठमाडौँ – नेपाल र भारतबीच पेट्रोलियम पूर्वाधार विकासमा सहकार्य विस्तार

चितवनमा तीन हजार २८२ को निःशुल्क आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालको सहकार्यमा

जर्मनीका सयौँ विद्यालयमा बम विस्फोटको धम्की

बर्लिन- जर्मनीका सयौँ विद्यालयमा सोमबार बम विस्फोट गराउने धम्कीसहितका इमेल