सात महिनामा १ अर्ब ३३ करोडको अवैध सामग्री बरामद « Khabarhub

सात महिनामा १ अर्ब ३३ करोडको अवैध सामग्री बरामद


१६ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सशस्त्र प्रहरी बल, नेपालले पछिल्लो सात महिनामा सीमा क्षेत्रबाट १ अर्ब ३३ करोड रुपैयाँभन्दा बढी मूल्यको अवैध सामग्री बरामद गरेको छ ।  

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकार गठन भएयता २०८२ चैत १३ देखि २०८३ कात्तिक १२ गतेसम्म १ अर्ब ३३ करोड २६ लाख ९१ हजार ५९९ रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सरकारको सीमा क्षेत्रमा निगरानी र सुरक्षा व्यवस्था कडा बनाउने नीतिअनुरूप अवैध सामानको ओसारपसार, लागूऔषध कारोबार, हातहतियार तस्करी तथा अन्य आपराधिक गतिविधिविरुद्ध कारबाही तीव्र पारिएको सशस्त्र प्रहरीको भनाइ छ ।

यस अवधिमा १७ नाल अवैध हातहतियार बरामद गरिएको छ भने आठ जना पक्राउ परेका छन् । त्यस्तै, लागूऔषध कारोबारमा संलग्न ४२१ जना पक्राउ परेका छन् । उनीहरूबाट गाँजा, चरेस, अफिम, खैरो हेरोइन, विभिन्न ट्याब्लेट तथा इन्जेक्सनलगायत लागूऔषध बरामद गरिएको छ ।

मानव बेचबिखन तथा ओसारपसारको जोखिममा परेका १६७ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये ११८ जना बालबालिका रहेका छन् । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा ९१ जना पक्राउ परेका छन् ।

सीमा अतिक्रमण नियन्त्रणका क्रममा दशगजाका ३५ स्थानमा रहेका २३७ वटा संरचना हटाइएको छ । त्यसैगरी, १७ स्थानमा रहेको ७.४४८ बिघा जग्गाबाट खेतीपाती हटाइएको सशस्त्र प्रहरीले जनाएको छ । सीमा क्षेत्रका २०४ स्थानमा ९४.५८८ किलोमिटर क्षेत्रमा सरसफाइसमेत गरिएको छ ।

सीमावासीसँगको सम्बन्ध सुदृढ बनाउने र जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले उक्त अवधिमा २ हजार ८०६ वटा कार्यक्रम सञ्चालन गरिएको छ । साथै, १४१ सहायता कक्षबाट ३ लाख ४९ हजार ९०८ जना र १३ पर्यटक सहायता कक्षबाट १० हजार ६५४ जना लाभान्वित भएका छन् ।

प्रकाशित मिति : १६ कार्तिक २०८३, सोमबार  ४ : ५१ बजे

जिप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

रुकुम पश्चिम- रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–९ खारखोलामा जिप र मोटरसाइकल

जलवायु परिवर्तनका समस्या समाधानमा स्विट्जरल्यान्डसँग सहकार्य गर्न नेपाल इच्छुक

 काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनका असर न्यूनीकरण तथा

वन पैदावार बिक्री वितरणमा लगाइएको रोक खुलाउन व्यवसायीको माग

सुदूरपश्चिम– पर्यावरण संरक्षण तथा वन पैदावार व्यवसायी सङ्घले कैलालीमा चार

सुक्खा बन्दरगाहको निर्माण २६ प्रतिशत पूरा

कञ्चनपुर– हालसम्म दोधारा चाँदनीमा निर्माण भइरहेको सुक्खा बन्दरगाहको २६ प्रतिशत

युगान्डाले सोमालियाबाट सेना फिर्ता गर्न थाल्यो

कम्पाला– युगान्डाले सोमालियामा तैनाथ आफ्ना सैनिक फिर्ता गर्ने प्रक्रिया सुरु