सुक्खा बन्दरगाहको निर्माण २६ प्रतिशत पूरा « Khabarhub

सुक्खा बन्दरगाहको निर्माण २६ प्रतिशत पूरा


१६ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– हालसम्म दोधारा चाँदनीमा निर्माण भइरहेको सुक्खा बन्दरगाहको २६ प्रतिशत काम सम्पन्न भएको छ । 

बहुप्रतिक्षित सुक्खा बन्दरगाहको निर्माण अवधि ३० महिना तोकिएको छ । करिब दुई अर्ब ३७ करोड भारतीयको लागतमा उक्त बन्दरगाह  निर्माण हुने भएको हो । 

बन्दरगाहको निर्माण चौबीस  डिसेम्बर २०२५ बाट सुरु भएको नेपाल इन्टरमोडल यातायात विकास समितिका इञ्जिनियर अनिश केसीले जानकारी दिए । उनले उक्त आयोजना निर्माणपछि सुदूरपश्चिममा आर्थिक चहलपहल बढ्ने विश्वास व्यक्त गरे।   

दोधारा चाँदनी नगरपालिका–१ स्थित गौरीशंकर सामुदायिक वनमा बन्दरगाह निर्माणका लागि नेपाल सरकार र भारत सरकारबीच जुन १, २०२३ मा समझदारी पत्रमा हस्ताक्षर भएको थियो । 

 बन्दरगाह निमार्णका लागि प्रयोग हुने ४२.३६ हेक्टर क्षेत्रफलमा दुई वटा गोदाम भवन, भन्सार चेक जाँच भवन, क्वारेन्टाइन भवन, इमिग्रेसन भवन, सुरक्षा भवन लगायतका पूर्वाधार निर्माण हुने इन्टर मोडल यातायात विकास समितिले जनाएको छ । 

नेपालतर्फ सुक्खा बन्दरगाह सम्मको छ लेनको पहुँच मार्ग र महाकाली नदीमा चार लेनको पक्की पुल सञ्चालनमा आइसकेको छ । भारततर्फ बन्दरगाहसम्मको पहुँचमार्ग निर्माण गरिरहेको छ । 

सुख्खा बन्दरगाह निर्माणसँगै पश्चिमी नाका सञ्चालनमा आए सुदूरपश्चिम विकासको सम्भावनाको ढोका खुल्ने अपेक्षा गरिएको छ ।
 

प्रकाशित मिति : १६ कार्तिक २०८३, सोमबार  ५ : ५८ बजे

माग्रीभिरको कडा चट्टान छिचोलियो : सडक सञ्जालमा पहुँच हुने आशा

मुगु– गमगढी-नाक्चेलाग्ना सडकअन्तर्गत मुगुम कार्मारोङ गाउँपालिकाको माग्रीभिरमा रहेको करिब ३००

बाढीपीडितलाई नगद सहायता उपलब्ध गराउनेबारे छलफल

रसुवा-भोटेकोशी, बुढीगण्डकी बाढीलगायतका विपद्‌बाट प्रभावित घरपरिवार एवं व्यक्तिहरुलाई नगद सहायता

वार्षिक कार्ययोजना प्रभावकारी कार्यान्वयन गर्न मन्त्रालयलाई सरकारको निर्देशन

काठमाडौँ– सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्ययोजना तथा नीति