राष्ट्रियसभा अध्यक्षसँग स्वीस नेसनल काउन्सिलका अध्यक्षको शिष्टाचार भेट « Khabarhub

राष्ट्रियसभा अध्यक्षसँग स्वीस नेसनल काउन्सिलका अध्यक्षको शिष्टाचार भेट


१६ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपाल भ्रमणमा रहेका स्वीट्जरल्याण्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे आन्द्रे पेजले शिष्टाचार भेट गरेका छन् ।

सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा आज भएको भेटमा उहाँहरूबीच दुई देशबीचको आपसीहित, संसदीय सम्बन्ध विस्तार, जलवायु परिवर्तनको असर न्यूनीकरण तथा विकास सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको हो ।

भेटमा अध्यक्ष दाहालले नेपाल–स्वीस संसदीयमैत्री समूह गठन भएको जानकारी गराउँदै सो समूहमार्फत दुवै देशबीच संसदीय अभ्यास, अनुभव आदानप्रदानका साथै सहकार्य विस्तार हुने विश्वास व्यक्त गरे ।

नेपाल र स्वीट्जरल्याण्डबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सव मनाइरहेको उल्लेख गर्दै अध्यक्ष दाहालले स्वीस संसदीय नेतृत्वको यस भ्रमणले दुई देशबीचको मित्रता र संसदीय सहकार्यलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे ।

नेपालको संसदीय अभ्यासलाई थप सुदृढ बनाउन स्वीट्जरल्याण्डको सूचना प्रविधि, नवीन विधायिकी अभ्यास, प्राविधिक सहयोग र उत्कृष्ट अभ्यासबाट सिक्न आफूहरू इच्छुक रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले प्रत्यक्ष लोकतन्त्र र सङ्घीयताको अभ्यासमा स्वीट्जरल्याण्डको अनुभव नेपालका लागि उपयोगी हुने बताए ।

रसुवा–भोटेकोशी बाढीबाट प्रभावित समुदायका लागि स्वीट्जरल्याण्डले उपलब्ध गराएको मानवीय सहायताप्रति धन्यवाद दिँदै अध्यक्ष दाहालले जलवायु न्याय, जलवायु वित्तमा सहज पहुँच र संवेदनशील राष्ट्रहरूको हित संरक्षणका लागि स्वीट्जरल्याण्डसँग सहकार्यको अपेक्षा गरे ।

जलवायु परिवर्तन र विपद् जोखिम न्यूनीकरणलाई दुई देशको साझा सरोकारका रूपमा प्रस्तुत गर्दै अध्यक्ष दाहालले नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा न्यून योगदान गरे पनि यसको असरबाट बढी प्रभावित हुनुपरेको बताए ।

प्रत्यक्ष लोकतन्त्र र सङ्घीयताको अभ्यासमा स्वीट्जरल्याण्ड सफल उदाहरण रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले नेपालले स्वीस अनुभवबाट सिक्न चाहेको बताए । उनले भने, “नेपालको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई अझ सुदृढ बनाउन सङ्घ, प्रदेश र स्थानीय तहका लोकतान्त्रिक संस्थाको क्षमता तथा प्रभावकारिता अभिवृद्धिमा सहकार्यको अपेक्षा गरेका छौँ ।”

सो अवसरमा स्वीट्जरल्याण्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे आन्द्रे पेजले नेपाल भ्रमण गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै आफूहरूले संसदीय सहकार्यलाई प्राथमिकतामा राखेको बताए । नेपाल र स्वीट्जरल्याण्डबीचको सम्बन्धको ७०औँ वार्षिकोत्सवका अवसरमा शुभकामना व्यक्त गर्दै अध्यक्ष पेजले दुई देशबीचको पारस्परिक सम्मान र विश्वासमा आधारित मित्रताको उत्सव मनाउन पाउँदा हर्षित भएको बताए ।

नेपालको संसदले संसदीय मैत्री समूह गठन गरिसकेको थाहा पाउँदा आफूलाई खुसी लागेको बताउँदै उनले आफूहरूले पनि छिट्टै संसदीयमैत्री समूह गठन गर्ने बताए । नेपाल र स्वीट्जरल्याण्ड हिमाली देश भएको र धेरै विषय समान रहेको उल्लेख गर्दै अध्यक्ष पेजले आपसी सहयोग र सहकार्य आदानप्रदान गर्न सदैव तयार रहेको बताए ।

प्रकाशित मिति : १६ कार्तिक २०८३, सोमबार  ९ : १३ बजे

‘जलवायु परिवर्तनबाट पीडित मात्रै होइन, नेपालले अब नेतृत्व नै लिनुपर्छ’

काठमाडौं- पछिल्ला केही महिनायता नेपालले एकपछि अर्को विपद्को सामना गरिरहेको

सरकारले अब सबै सुकुम्बासीलाई लालपूर्जा दिन्छ, आश्वासन होइन : मन्त्री रावल

झापा – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री

कोरला नाका हुँदै तीन हजार ७२५ मेट्रिकटन चिनियाँ फलफूल आयात

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाका हुँदै आइतबारसम्म तीन हजार

सुनकोशी–मरिण आयोजनाको ठेक्का प्रक्रिया तत्काल अघि बढाउन प्रधानमन्त्री कार्यालयको निर्देशन

काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय राष्ट्रिय

राष्ट्रियसभा अध्यक्षसँग स्वीस नेसनल काउन्सिलका अध्यक्षको शिष्टाचार भेट

काठमाडौं – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपाल भ्रमणमा रहेका स्वीट्जरल्याण्डको