रुसी राष्ट्रपतिको निवासमा निशाना बनाएको ड्रोन खसालिएको दाबी « Khabarhub

रुसी राष्ट्रपतिको निवासमा निशाना बनाएको ड्रोन खसालिएको दाबी


१८ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पु्टिनको निवासलाई लक्षित गरेको ड्रोनलाई रूसी प्रतिरक्षा प्रणालीले खसालिदिएको रूसले दाबी गरेको छ ।

नोभगोरोड क्षेत्रमा सोमबार खसालिएको युक्रेनी ड्रोनबारे रूसी विश्लेषणले यसले राष्ट्रपति पु्टिनको निवासलाई लक्षित गरेको देखाएको क्रेमलिनले जनाएको छ।

मन्त्रालयका अनुसार ड्रोनको नेभिगेसन प्रणालीको विशेष प्राविधिक जाँचका क्रममा विशेषज्ञहरूले विमान (ड्रोन) मा लोड गरिएको फ्लाइट मिशन फाइल निकाल्न सफल भएका हुन् । विमानको तथ्याङ्कको विश्लेषणले नोभगोरोड क्षेत्रमा राष्ट्रपति निवासको कुनै एक भागलाई निशाना बनाएको सिन्ह्वाले खबरमा लेखेको छ ।

मन्त्रालयले अनुसन्धानका क्रममा प्राप्त सामग्रीहरू स्थापित सञ्चार च्यानलहरूमार्फत थप पुष्टिका लागि संयुक्त राज्य अमेरिका पठाइने बताएको छ ।

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  ६ : ५५ बजे

राजनीतिले घृणाको सीमा काटेर हिंस्रक बाटो नसमाओस् : गोकुल बास्कोटा

काठमाडौं – नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले नेपाल राजनीतिमा पाकिस्तान

नेत्री जियाप्रति समवेदना प्रकट गर्न शोक पुस्तिका राखियो

काठमाडौं– यहाँस्थित बङ्गलादेशी राजदूतावासले पूर्वप्रधानमन्त्री खालिदा जियाप्रति समवेदना प्रकट गर्न

यस्तो छ आजका फलफूल तथा तरकारीको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

ढाका पुगेका जयशंकरले किन भेटेनन् यूनुसलाई ?

ढाका –  भारतका विदेशमन्त्री एस. जयशंकर र बंगलादेशको अन्तरिम सरकारका मुख्य सल्लाहकार

बीपीएल : सन्दीपको टिम राजशाही सुपर ओभरमा विजयी

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत बिहीबार भएको खेलमा