परराष्ट्रमन्त्री शर्मालाई रुसी विदेशमन्त्रीको शुभकामना « Khabarhub

परराष्ट्रमन्त्री शर्मालाई रुसी विदेशमन्त्रीको शुभकामना


१८ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसी महासङ्घका विदेशमन्त्री सर्गेई लावरोभले परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त भएकामा हार्दिक बधाई ज्ञापन गरेका छन् । 

मन्त्री शर्मालाई बुधबार बधाई सन्देश पठाएर रुसी विदेशमन्त्रीले रुस र नेपालबीचको सम्बन्ध परम्परागत रूपमा मैत्रीपूर्ण र रचनात्मक रहँदै आएको उल्लेख गर्दै दुवै देशका जनताको हितमा द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउन संयुक्त रूपमा काम गर्न आफू तयार रहेको बताएका छन् ।

रुसी विदेशमन्त्री लावरोभले परराष्ट्रमन्त्री शर्माको सुस्वास्थ्यको कामना गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको यहाँस्थित रुसी राजदूतावासले जनाएको छ । 
 

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  ६ : ५६ बजे

राजनीतिले घृणाको सीमा काटेर हिंस्रक बाटो नसमाओस् : गोकुल बास्कोटा

काठमाडौं – नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले नेपाल राजनीतिमा पाकिस्तान

नेत्री जियाप्रति समवेदना प्रकट गर्न शोक पुस्तिका राखियो

काठमाडौं– यहाँस्थित बङ्गलादेशी राजदूतावासले पूर्वप्रधानमन्त्री खालिदा जियाप्रति समवेदना प्रकट गर्न

यस्तो छ आजका फलफूल तथा तरकारीको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

ढाका पुगेका जयशंकरले किन भेटेनन् यूनुसलाई ?

ढाका –  भारतका विदेशमन्त्री एस. जयशंकर र बंगलादेशको अन्तरिम सरकारका मुख्य सल्लाहकार

बीपीएल : सन्दीपको टिम राजशाही सुपर ओभरमा विजयी

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत बिहीबार भएको खेलमा