ढाका पुगेका जयशंकरले किन भेटेनन् यूनुसलाई ? « Khabarhub

ढाका पुगेका जयशंकरले किन भेटेनन् यूनुसलाई ?


१८ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

ढाका –  भारतका विदेशमन्त्री एस. जयशंकर र बंगलादेशको अन्तरिम सरकारका मुख्य सल्लाहकार प्रोफेसर मोहम्मद यूनुसबीच भेट नभएको खुलेको छ । 

बंगलादेशकी बीएनपी अध्यक्ष खालिदा जियाको निधनपछि श्रद्धाञ्जली अर्पण गर्न ढाका पुगेका जयशंकर र यूनुसको औपचारिक भेट नहुनुलाई लिएर विभिन्न चर्चा र विश्लेषण भइरहेका छन्।

जयशंकर भारत सरकारको तर्फबाट शोक सन्देश लिएर ढाका पुगेका थिए। यसक्रममा उनले खालिदा जियाका छोरा तारिक रहमानसँग भेट गरी प्रधानमन्त्री नरेन्द्र मोदीको पत्र हस्तान्तरण गरेका थिए। तर अन्तरिम सरकार प्रमुख यूनुससँग भने कुनै औपचारिक भेट भएन।

खालिदा जियाको निधनपछि श्रद्धाञ्जली दिन भारतसहित पाकिस्तान, भूटान, नेपाल, श्रीलंका र मालदीवका उच्चस्तरीय प्रतिनिधि ढाका आएका थिए। पाकिस्तानको संसदका सभामुख सरदार अयाज सादिक र नेपालका विदेशमन्त्री बाला नन्द शर्मा भने प्रोफेसर यूनुससँग औपचारिक भेटमा सहभागी भएका थिए।

तर भारत, भूटान, श्रीलंका र मालदीवका प्रतिनिधिसँग अन्तरिम सरकार प्रमुखको भेट नभएको पुष्टि भएको छ। अन्य देशको हकमा खास चर्चा नभए पनि भारतीय विदेशमन्त्रीसँग भेट नहुनुलाई लिएर कूटनीतिक वृत्तमा विभिन्न व्याख्या भइरहेका छन्।

बंगलादेशको विदेश मन्त्रालयका प्रवक्ता महबूबुल आलमले जयशंकर र मुख्य सल्लाहकारबीच भेट नभए पनि भ्रमण निरर्थक नभएको बताए। उनका अनुसार जयशंकरले विधि सल्लाहकार आसिफ नजरुल र राष्ट्रिय सुरक्षा सल्लाहकारसँग छुट्टाछुट्टै भेट गरेका थिए।

यस घटनाले भारत–बंगलादेश सम्बन्धको वर्तमान अवस्थाबारे थप बहस जन्माएको छ । 

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  ७ : ५१ बजे

कांग्रेस महाधिवेशन विवाद : सभापति देउवाले शीर्ष नेतालाई छलफलमा बोलाए

काठमाडौं – नेपाली कांग्रेसभित्र नियमित महाधिवेशन स्थगित गरेर महामन्त्रीद्वयले विशेष

निर्माणाधीन एसियाली राजमार्गमा दुर्घटना बढे

झापा– निर्माणाधीन एसियाली राजमार्गको मेचीनगर–६ स्थित पालिया पुलमा बिहीबार राति

पोखरामा आजदेखि चार दिनसम्म दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

कास्की– पोखरामा आजदेखि २१ गतेसम्म दैनिक पाँच घण्टा बिजुली आपूर्ति

इरानमा बढ्दो महँगीविरुद्ध प्रदर्शन, तीन जनाको मृत्यु

इरान – इरानमा बढ्दो महँगीविरुद्ध जारी विरोध प्रदर्शन रोकिएको छैन।

विद्युत् प्राधिकरणले माग्यो २६० भन्दा बढी कर्मचारी, माघ १० गतेभित्र आवेदन दिन सकिने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले २६० भन्दा बढी कर्मचारी पदपूर्तिका लागि