नेत्री जियाप्रति समवेदना प्रकट गर्न शोक पुस्तिका राखियो « Khabarhub

नेत्री जियाप्रति समवेदना प्रकट गर्न शोक पुस्तिका राखियो


१८ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यहाँस्थित बङ्गलादेशी राजदूतावासले पूर्वप्रधानमन्त्री खालिदा जियाप्रति समवेदना प्रकट गर्न बिहीबारदेखि दूतावासमा शोक पुस्तिका राखेको छ । 

गत मंगलबार बङ्गलादेशकी पूर्वप्रधानमन्त्री जियाको निधन भएको हो । उक्त दूतावासले बिहीबार नै  परराष्ट्र मन्त्रालय, यहाँस्थित कूटनीतिक नियोग तथा अन्य अन्तर्राष्ट्रिय संस्थाहरूलाई पत्र पठाएर शोक पुस्तिका राखिएको जनाएको छ ।

 भोलि शनिबारबाहेक यही पुस २१ गते सोमबारसम्म प्रत्येक दिन बिहान १०ः०० बजेदेखि अपराह्न ५ः०० बजेसम्म शोक पुस्तिकामा हस्ताक्षर गर्ने व्यवस्था मिलाइएको उक्त दूतावासले बताएको छ ।

 पत्रमा दूतावासले नेपालमा कार्यरत कूटनीतिज्ञ, सरकारी अधिकारी र अन्तर्राष्ट्रिय समुदायका सदस्यलाई शोक व्यक्त गर्न र पुस्तिकामा हस्ताक्षर गर्न आमन्त्रित गरेको छ । 

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  ८ : २३ बजे

भुरुङ्दीखोलामा पुल निर्माणको अन्तिम चरणमा

पर्वत– भुरुङ्दीखोलामा  निर्माणाधीन मोटरेबल पुल निर्माणको अन्तिम चरणमा पुगेको छ

आरपी पन्तको ‘समय’ सार्वजनिक

काठमाडौं – आरपी पन्तको म्युजिक भिडियो ‘समय’ सार्वजनिक भएको छ।

कांग्रेस महाधिवेशन विवाद : सभापति देउवाले शीर्ष नेतालाई छलफलमा बोलाए

काठमाडौं – नेपाली कांग्रेसभित्र नियमित महाधिवेशन स्थगित गरेर महामन्त्रीद्वयले विशेष

निर्माणाधीन एसियाली राजमार्गमा दुर्घटना बढे

झापा– निर्माणाधीन एसियाली राजमार्गको मेचीनगर–६ स्थित पालिया पुलमा बिहीबार राति

पोखरामा आजदेखि चार दिनसम्म दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

कास्की– पोखरामा आजदेखि २१ गतेसम्म दैनिक पाँच घण्टा बिजुली आपूर्ति