काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले २६० भन्दा बढी कर्मचारी पदपूर्तिका लागि आवेदन खुलाएको छ। प्राधिकरणले अधिकृत र सहायकस्तरका विभिन्न पदमा दरखास्त आह्वान गरेको हो।
सूचनाअनुसार अधिकृतस्तरमा सहनिर्देशकदेखि वातावरणविदसम्म १३२ पदका लागि विज्ञापन गरिएको छ। यस्तै, सहायकस्तरअन्तर्गत मिटर रिडिङ सुपरभाइजर, सुपरभाइजर र लेखापाल पदमा १३० जनाको माग गरिएको छ।
योग्यता पुगेका इच्छुक उम्मेदवारले माघ १० गतेभित्र अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। योसँगै नेपाल विद्युत् प्राधिकरणले ज्येष्ठता, कार्यसम्पादन मूल्यांकन र कार्यक्षमता मूल्यांकनका आधारमा हुने बढुवाका लागि पनि विभिन्न पदमा आवेदन फाराम खुलाएको जनाएको छ।














प्रतिक्रिया