भोजपुरका किसान सुन्तला खेतीमा व्यस्त (तस्बिरहरू) « Khabarhub

भोजपुरका किसान सुन्तला खेतीमा व्यस्त (तस्बिरहरू)


१८ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आम्दानीको भरपर्दो स्रोत बन्दै गएपछि भोजपुरका किसानहरू यतिबेला सुन्तला बिक्रीमा व्यस्त देखिएका छन् । 

भोजपुर जिल्लाका सबै स्थानीय तहमा सुन्तला उत्पादन हुने भए पनि विशेष गरी षडानन्द नगरपालिका, टेम्केमैयुङ गाउँपालिकाको खावा, केराबारी, अन्नपूर्ण, छिनामखु, कोट, गोगने, भोजपुर नगरपालिकाको दावा, बोमिख, पोखरे, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकामा सुन्तला उत्पादन बढी हुने गर्दछ ।

व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका यहाँका किसानले बजार विस्तारसँगै राम्रो मूल्य पाउन थालेपछि आर्थिक रूपमा सबल बन्दै गएका छन् । 

सडक पहुँच विस्तार भएपछि स्थानीय बजारमा मात्र सीमित रहेको सुन्तला अहिले विभिन्न जिल्लासम्म पुग्न थालेको छ ।

विगतमा यातायात सुविधा नहुँदा स्थानीय बजारमै भर पर्नु परेकोमा अहिले बगानमै ठेकेदार आएर सुन्तला खरिद गर्ने अवस्था बनेको षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र कुमार उदासले  जानकारी दिए । 

अहिले सुन्तलाको मुख्य सिजन हो, मैले पनि सुन्तलाको व्यावसायिक उत्पादन गर्दै आएको छु उनले भने, ‘गाउँभरि सुन्तला बिक्री भइरहेको छ ।

मैले यस वर्ष करिब चार देखि पाँच लाख रुपैयाँ बराबरको सुन्तला बिक्री गर्दै आएको छु र अर्को वर्ष सुन्तलाको उत्पादन बढ्ने र आम्दानी समेत बढ्ने मेयर उदासले बताए ।

यातायातको सुविधासँगै  बगान नै एकमुष्टमा ठेकेदारलाई बिक्री गर्न पाइने भएकाले पनि खुद्रा बिक्री र बजारकै लागि बोकेर लैजानु पर्ने अवस्थाको अन्त्य भएको मेयर उदासले बताए ।

 सडक पहुँचको कारण गाउँघरमा उत्पादित सुन्तला खाँदबारी संखुवासभा, धरान, इटहरी, बिर्तामोड, विराटनगर लगायतका मुख्य शहर, बजारमा जाने गरेको छ । 

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  ११ : २९ बजे

अस्ट्रेलियन ओपन इलिट ट्रफी खेल्न शिभाली गुरुङलाई बिदाइ

काठमाडौं– अस्ट्रेलियन ओपन अन्तर्गतको इलिट ट्रफी खेल्न जान लागेकी टेनिस

विशेष महाधिवेशन रोक्न देउवाकहाँ २५ नेता, भने : हस्तक्षेप गरेर पार्टी विभाजन रोक्नुस्

काठमाडौं- विशेष महाधिवेशनलाई लिएर नेपाली कांग्रेसभित्र विवाद तीव्र बनिरहेका बेला

म्याग्दीमा एक सय पन्ध्र थान बन्दुक बरामद

बेनी– यहाँ ठूलो सङ्ख्यामा अवैध हातहतियार बरामद गरिएको छ ।

विद्यार्थी बोकेको बसले ठक्कर दिँदा दुई जनाको मृत्यु

गुल्मी– गुल्मीको मालिका गाउँपालिकामा आज बिहान भएको बस दुर्घटनामा दुई

दबाब बढाउँदै कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरू

काठमाडौं- नेपाली कांग्रेसको आन्तरिक संकट थप गहिरिँदा विशेष महाधिवेशन पक्षधर