गतवर्ष ११ लाख ५८ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए « Khabarhub

गतवर्ष ११ लाख ५८ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए


१८ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सन् २०२५ मा ११ लाख ५८ हजार ४५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार सन् २०२५ मा विभिन्न मुलुक हुँदै उक्त सङ्ख्यामा पर्यटक नेपाल आएका हुन् ।

सन् २०२४ मा ११ लाख ४७ हजार ५४८ पर्यटक नेपाल भित्रिएकोमा सन् २०२५ केही सङ्ख्या बढेको हो । 

गत डिसेम्बरको एक महिनामा मात्र ९८ हजार १९० पर्यटक नेपाल आएका छन्, जसमा छिमेकी मुलुक भारतबाट ३० हजार ९३, चीनबाट आठ हजार ६८०, अमेरिकाबाट छ हजार ६०५, बङ्गलादेशबाट चार हजार ९८०, अष्ट्रेलियाबाट चार हजार ४१९, थाइल्याण्डबाट चार हजार २३४, बेलायतबाट तीन हजार ७९३, म्यानमारबाट दुई हजार ७५८ र मलेसियाबाट दुई हजार ४२९ पर्यटक भित्रिएका छन् ।

यस्तै, छिमेकी मुलुक भारतबाट दुई लाख ९२ हजार ४३८, अमेरिकाबाट एक लाख १२ हजार ३१६, चीनबाट ५८ हजार ६८४, बेलायतबाट ५७ हजार ५४५, बंगलादेशबाट ४९ हजार ३५७, अष्ट्रेलियाबाट ३७ हजार ५५०, श्रीलंकाबाट ३० हजार २४३, थाइल्याण्डबाट ३० हजार २२७ र जर्मनीबाट २४ हजार ७६३ पर्यटक नेपाल घुम्न आएको नेपाल पर्यटन बोर्डले जनाएको छ । 

यसअघि सबैभन्दा बढी सन् २०१९ मा ११ लाख ९७ हजार १९१ पर्यटक नेपाल भित्रिएका थिए ।

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  ११ : ४२ बजे

तीन स्थानीय तहमा फोहरमैला व्यवस्थापन नीतिको वैधता प्रक्रिया सम्पन्न

काठमाडौं– युरोपियन युनियनको सहयोगमा सञ्चालित ग्रिनसिफ्ट परियोजना अन्तर्गत तीन स्थानीय

विशेष महाधिवेशनको दस्तावेज लेख्न धुलिखेल पुगेका गगन काठमाडौं फर्किए

काठमाडौं- आगामी पुस २७ गतेदेखि गर्ने भनिएको विशेष महाधिवेशनको राजनीतिक

अस्ट्रेलियन ओपन इलिट ट्रफी खेल्न शिभाली गुरुङलाई बिदाइ

काठमाडौं– अस्ट्रेलियन ओपन अन्तर्गतको इलिट ट्रफी खेल्न जान लागेकी टेनिस

विशेष महाधिवेशन रोक्न देउवाकहाँ २५ नेता, भने : हस्तक्षेप गरेर पार्टी विभाजन रोक्नुस्

काठमाडौं- विशेष महाधिवेशनलाई लिएर नेपाली कांग्रेसभित्र विवाद तीव्र बनिरहेका बेला

म्याग्दीमा एक सय पन्ध्र थान बन्दुक बरामद

बेनी– यहाँ ठूलो सङ्ख्यामा अवैध हातहतियार बरामद गरिएको छ ।