चर्किँदै कांग्रेसको कलह, विशेष महाधिवेशन पक्षधरले भने : नेतृत्वसामु अब अर्को विकल्प छैन « Khabarhub

चर्किँदै कांग्रेसको कलह, विशेष महाधिवेशन पक्षधरले भने : नेतृत्वसामु अब अर्को विकल्प छैन


१८ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको आन्तरिक विवाद थप चर्किएको छ । पार्टीको नियमित १५औँ महाधिवेशन समयमै हुन नसकेपछि विशेष महाधिवेशनको माग गर्दै आएका महाधिवेशन प्रतिनिधिहरूले संयुक्त विज्ञप्ति जारी गरी केन्द्रीय कार्यसमितिमाथि कडा प्रश्न उठाएका छन् ।

विशेष महाधिवेशन मार्गकर्ता महाधिवेशन प्रतिनिधिहरूको तर्फबाट जारी विज्ञप्तिमा पार्टी विधानको उल्लङ्घन भएको, लोकतान्त्रिक प्रक्रिया कमजोर बनेको र संगठनमा अनिश्चयता बढेको आरोप लगाइएको छ ।

गत असोज २९ गते २,४८८ जना महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षरसहित निवेदन दर्ता गराएका थिए ।

पार्टी विधानको दफा १७ (२) अनुसार ४० प्रतिशतभन्दा बढी (५४ प्रतिशत) प्रतिनिधिको मागलाई सम्बोधन गर्नुपर्नेमा केन्द्रीय कार्यसमिति मौन बसेको उनीहरूको गुनासो छ ।

नियमित महाधिवेशन मंसिर मसान्तभित्र नभए विशेष महाधिवेशन अनिवार्य हुने माग गर्दै आएका पक्षधरहरूले पुस मसान्तभित्र पनि नियमित महाधिवेशन सम्भव नदेखिएपछि विशेष महाधिवेशनलाई एकमात्र विकल्प ठानेका छन् ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस १७ गते संयुक्त विज्ञप्ति जारी गर्दै नियमित महाधिवेशनको कार्यतालिका स्थगित गरेको घोषणा गरेका थिए ।

उनीहरूले विज्ञप्तिमा भनेका छन्, ‘नियमित महाधिवेशन सम्पन्न हुन नसक्ने अवस्था सिर्जना भएपछि विशेष महाधिवेशन नै विकल्प बनेको छ ।’

यसअघि भृकुटीमण्डपको हल पुस २७–२८ का लागि बुकिङ गरिएको समाचार पनि सार्वजनिक भएको थियो, जसले विशेष महाधिवेशनको तयारी तीव्र बनेको संकेत गर्छ ।

विशेष महाधिवेशन पक्षधरहरूले विज्ञप्तिमा केन्द्रीय कार्यसमितिले बैठक लम्ब्याएर महाधिवेशन प्रक्रियालाई अनावश्यक ढिलाइ गरेको, क्रियाशील सदस्यता वितरणमा विवाद निरुपण नगरेको र पार्टीको लोकतान्त्रिक छविमाथि आघात पुगेको आरोप लगाएका छन् ।

उनीहरूले आगामी फागुनमा हुने आम निर्वाचनअघि नयाँ नेतृत्व र नीतिसहित पार्टीलाई एकताबद्ध बनाउन विशेष महाधिवेशन अपरिहार्य रहेको तर्क गरेका छन् । ‘पार्टीको जिम्मेवार निकायले विधानको मर्म र महाधिवेशन प्रतिनिधिको भावनालाई सम्मान गर्दै तत्काल विशेष महाधिवेशन आह्वान गर्नुपर्छ,’ विज्ञप्तिमा उल्लेख छ । यता, पार्टी सभापति शेरबहादुर देउवा पक्षधरहरू विशेष महाधिवेशनले पार्टी फुटाउने खतरा रहेको भन्दै विरोधमा उभिएका छन् ।

संस्थापन पक्षले नियमित महाधिवेशनलाई निर्वाचनपछि सार्ने मनस्थितिमा देखिएको छ । महामन्त्री थापाले भने सामाजिक सञ्जालमार्फत पुस मसान्तभित्र विशेष महाधिवेशन आह्वान गर्ने दिशामा पार्टी अघि बढेको बताएका छन् ।

कांग्रेसको यो विवादले पार्टीको संगठनात्मक एकता कमजोर बनेको र आगामी निर्वाचनमा असर पर्न सक्ने विश्लेषकहरूको चिन्ता छ । विशेष महाधिवेशनको मागलाई सम्बोधन नगरे पार्टीमा थप विद्रोह हुन सक्ने खतरा रहेको उनीहरू बताउँछन् ।

केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा यो विषयले प्रवेश पाउने अपेक्षा गरिएको छ, तर सहमति जुट्न कठिन देखिएको ।

कांग्रेसको यो आन्तरिक कलहले नेपालको प्रमुख प्रतिपक्षी दलको रूपमा रहेको पार्टीको विश्वसनीयतामाथि नै प्रश्न उठाएको छ । विशेष महाधिवेशन हुने वा नहुने टुंगो लाग्न अझै केही दिन कुर्नुपर्ने देखिन्छ ।

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  १२ : १२ बजे

मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूका लागि प्रशिक्षण सुरु

नेपालगन्ज– प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा मतदान अधिकृत र सहायक

गृहमन्त्रीद्वारा धादिङ दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले गएराति धादिङमा भएको बस दुर्घटनाका घाइतेको

मंगलबारदेखि नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै

काठमाडौं– नबिल बैंक, सुषमा कोइराला मेमोरियल अस्पताल तथा सेती प्रादेशिक

एमएडब्लू अर्थमुभर्स ‘डिलर अफ द इयर-साउथ एसिया रिजन’ अवार्डबाट चौथो पटक सम्मानित

काठमाडौं– नेपालमा जेसीबीका कन्स्ट्रक्सन तथा हेभी इक्विपमेन्टकोआधिकारिक वितरक एमएडब्लू अर्थमुभर्स प्रालिले

पुटिनले तेस्रो विश्वयुद्ध सुरु गरिसक्नुभयो : जेलेन्स्की

एजेन्सी– रुसले युक्रेनमाथि पूर्ण आक्रमण सुरु गरेको चार वर्ष पुग्नै