बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै « Khabarhub

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै


१८ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

बेरुत– संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२६ को मेसम्म थप तीन सयभन्दा बढी सैनिक बाहिरिने तयारीमा छन् ।

लेबनानका लागि संयुक्त राष्ट्रसङ्घीय अन्तरिम बलका प्रवक्ता क्यान्डिस आर्डेलले यो प्रक्रिया संयुक्त राष्ट्रसङ्घव्यापी बजेट कटौतीका कारण भएको स्पष्ट पार्दै मिसन समयभन्दा अगावै समाप्त हुन लागेको बताए । 

उनका अनुसार सन् २०२५ को अगस्टमा पारित सुरक्षा परिषद्को प्रस्ताव २७९० ले मिसनको कार्यकाल सन् २०२६ डिसेम्बर ३१ सम्म विस्तार गरेको छ र त्यसपछि क्रमिक रूपमा सैनिक फिर्ताको व्यवस्था गरेको छ ।

हाल दक्षिणी लेबनानमा करिब ५० देशबाट आएका १० हजार ५ सयभन्दा बढी शान्ति सैनिक तैनाथ छन् । पछिल्लो एक वर्षमा लेबनानी सेनाले लितानी नदीको दक्षिण क्षेत्रमा रहेका अवैध हतियार भण्डारण केन्द्र तथा सम्बन्धित संरचना गरी तीन सय ७० वटा नष्ट गरेको जनाइएको छ । यस कार्यमा संयुक्त राष्ट्रसंघीय मिसनले सहयोग पुर्‍याएको छ ।

आर्डेलका अनुसार सुरक्षा परिषद्को प्रस्ताव १७०१ कार्यान्वयनमा मुख्य चुनौती लेबनानभित्र जारी इजरायली सैन्य गतिविधि रहेको छ । यद्यपि नोभेम्बर सन् २०२४ मा लेबनान र इजरायलबीच उक्त प्रस्ताव कार्यान्वयनप्रति सहमति भएको भए पनि इजरायली स्थल तथा हवाई कारबाहीले स्थायित्वमा बाधा पुर्‍याइरहेको उनले बताए ।

दक्षिणी लेबनानमा दीर्घकालीन स्थायित्व कायम गर्न लेबनानी सेनाको सुदृढीकरण अत्यन्तै महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उनले थप सहयोग र तालिम आवश्यक रहेको धारणा राखे । साथै, उक्साहटपूर्ण अभिव्यक्तिले क्षेत्रीय तनाव अझ चर्किने चेतावनी पनि दिए । रासस

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  १२ : २२ बजे

हेलिकप्टरमा वनभोज खान गएका बानियाँ भन्छन् : मुख्यमन्त्री भएयता मितव्ययी र पारदर्शी भएको छु

हेटौंडा- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदभार सम्हालेसँगै प्रदेश सरकारको

प्रचण्डले जितेको गोरखा २ बाट एमालेले चक्रे मिलनलाई अघि सार्‍यो

काठमाडौं- गोरखा क्षेत्र नं–२ बाट फागुन २१ गतेको प्रतिनिधि सभाको

पदमार्गले जोडिए व्यास र बन्दीपुरका घरबास

डुम्रे– पदमार्गले तनहुँका दुई पालिकाका घरबास (होमस्टे) जोडिएका छन् ।

मिर्गौला पीडितहरूद्वारा सहयोगको याचना

गलकोट– मिर्गौलामा समस्या देखिँदा मनिषा १७ वर्षकी थिइन् । उनी

सर्वोच्च अदालतमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानन्यायाधीश राउतसँग अलग्गै वार्ता

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार सर्वोच्च अदालत पुगेकी छन् ।