विशेष महाधिवेशनको दस्तावेज लेख्न धुलिखेल पुगेका गगन काठमाडौं फर्किए « Khabarhub

विशेष महाधिवेशनको दस्तावेज लेख्न धुलिखेल पुगेका गगन काठमाडौं फर्किए


१८ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


459
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आगामी पुस २७ गतेदेखि गर्ने भनिएको विशेष महाधिवेशनको राजनीतिक प्रस्ताव तयार पार्न काभ्रेको धुलिखेल पुगेका नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा शुक्रबार बिहान काठमाडौं फर्किएका छन् ।

सभापति शेरबहादुर देउवाले कार्य सम्पादन समितिको बैठक बोलाएपछि उनी बिहानै काठमाडौं फर्किका हुन् ।

काठमाडौं फर्किएका महामन्त्री थापाले शुक्रबार पनि विशेष महाधिवेशन पक्षधर नेताहरुसँग छलफल गर्दैछन् । विशेष महाधिवेशन पक्षधर नेता देवराज चालिसेसहितले शुक्रबार नै पत्रकार सम्मेलन गर्ने अब कुनै विकल्प नरहेको बताइसकेका छन् ।

थापा केही दिन धुलिखेल बसेर विशेष महाधिवेशनको राजनीतिक प्रस्ताव तयार पार्न लागेका थिए । उनी बिहीबार साँझ धुलिखेल पुगेका थिए ।

सभापति देउवाले शुक्रबार दिउँसो ३ बजे बस्ने गरी कार्यसम्पादन समिति बैठक राखेका छन् ।

महामन्त्री थापा पहिले विशेष महाधिवेशन पक्षधर नेताहरूसँग छलफल गरेपछि मात्रै कार्यसम्पादन समितिको बैठकमा सहभागी हुने छन् ।

बिहीबार साँझ सभापति देउवाले महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्मालाई छलफलका लागि महाराजगञ्जमा डाकेका थिए । महामन्त्रीद्वय उक्त छलफलमा गएनन् ।

बरू पन्ध्रौँ महाधिवेशनको कार्यतालिका रोकेर थापा र शर्माले विशेष महाधिवेशनको तयारी थालेको घोषणा गरेका थिए ।

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  १ : ११ बजे

कांग्रेस कार्यसम्पादन समिति बैठक : सानेपामा भेला हुँदै नेताहरू

काठमाडौं– नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक आज सानेपामा बस्दै छ

काभ्रेमा तीन लाख २६ हजार मतदाता, चार सय मतदान केन्द्र

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा तीन लाख २६ हजार ६११ मतदाता कायम भएका छन्

धोवीखोला नदी करिडोर सडक धमाधम मर्मत गरिँदै

काठमाडौं– काठमाडौंको धोवीखोला नदी करिडोर सडक मर्मत गरिएको छ । शहरी

छेकम्पारमा आगलागी हुँदा एक जना घाइते 

गोरखा– उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकम्पारस्थित लेरु गाउँमा आज आगलागी

उत्पादकत्व वृद्धि गर्न कृषि पकेट क्षेत्र निर्धारण

दोधारा चाँदनी- कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले कृषि