ओलीको टिप्पणी : जेलबाट भाग्ने राजनीतिक अगुवा भए, सरकारले निष्पक्ष निर्वाचन गराउँदैन « Khabarhub

ओलीको टिप्पणी : जेलबाट भाग्ने राजनीतिक अगुवा भए, सरकारले निष्पक्ष निर्वाचन गराउँदैन


१८ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सन् २०२६ लोकतन्त्र र संविधानको पुनरोत्थानको वर्ष बन्नुपर्ने बताएका छन् ।

सन् २०२५ मा भत्किएको लोकतन्त्र र खण्डित गरिएको र मिचिएको संविधानलाई सन् २०२६ मा मजबुत बनाई उठाउनुपर्ने उनले बताएका छन् ।

नयाँ वर्ष सन् २०२६ का अवसरमा बिहीबार साँझ प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय समितिलाई भर्चुअल्ली सम्बोधन गर्दै ओलीले सन् २०२५ नेपाल र नेपालीका लागि दुःखद वर्ष भएको बताए ।

नेपालमा लोकतन्त्र विस्थापनको ठूलो सिलसिला गम्भीर ढङ्गले सुरू गरिएको उनले बताए । नेपाली जनताको सचेतनताका कारण प्रतिगमनकारीहरूले त्यो प्रयासलाई चाहेको ठाउँमा पुर्‍याउन नसकेको उनले बताए ।

उनले भने,‘जननिर्वाचित सरकार ढल्नु भनेको देशमा लोकतन्त्र र संविधान ढल्नु हो, जनताको सार्वभौमसत्ता थिचिनु, मिचिनु र ढालिनु हो ।’

वर्तमान सरकार असंवैधानिक भएको र संसद अनधिकृत व्यक्तिको सिफारिसमा विघटन गरिएको भन्दै यो प्रधानमन्त्री परिवर्तनको कुरा मात्रै नभई लोकतान्त्रिक प्रणाली र प्रक्रियामाथिको प्रहार भएको उनले बताए ।

प्रतिनिधि सभा सदस्य निर्वाचन मिति तोकिए पनि अहिलेसम्म निर्वाचनको वातावरण नबनेको उनले बताएका छन् ।

सरकारले वातावरण बनाउने दिशामा काम नगरिरहेको बताउँदै ओलीले निर्वाचनका नाममा लोकतान्त्रिक प्रक्रिया दुरूपयोग गरेर त्यसलाई मास्ने प्रयास हुनसक्ने खतरा औल्याए ।

‘नेताहरूविरूद्ध झुठा मुद्दा लगाउने, अशान्त वातावरण सिर्जना गर्ने, लुटिएका हतियार फिर्ता नहुने, जेलब्रेक गर्नेलाई अगुवा बनाएर राजनीतिलाई लान खोजियो,’उनले भने, ‘निर्वाचनमा बुथ कब्जा गर्न खोजियो र निर्भयपूर्वक मतदान भएन भने निर्वाचन लोकतन्त्र कमजोर बनाउने ‘ड्रामा’ मात्र हुने छ ।’

निर्वाचनमा जन अभिमत स्वेच्छाले प्रकट हुन पाउनुपर्नेमा जोड दिँदै ओलीले शान्तिपूर्ण वातावरणमा स्वच्छ निर्वाचन जहिले हुन्छ, एमाले निर्वाचनमा सहभागी भएर जित्ने भए ।

निर्वाचन भइगए त्यसका लागि तयार रहन निर्देशन दिँदै अध्यक्ष ओलीले भने,‘आफ्नो सामर्थ्यलाई नतिजा निकाल्ने गरी लाग्नुपर्छ । निर्वाचनका लागि सबै तरिकाले तयार रहनूस् । तर, अहिले देशलाई निकास दिने सबभन्दा सही बाटो ‘विघटन भएको प्रतिनिधि सभा पुनर्स्थापना हो ।’

विगतमा संसद् विघटनका मुद्दामा सर्वोच्चले दुई महिनामा फैसला दिने गरेको स्मरण गर्दै उनले यो कसैको निजी नभई राष्ट्रको विषय भएकाले समयमै फैसला आउनु पर्ने बताए ।

गत भदौ २३ र २४ गते जेन-जीका नाममा भएका घटना स्मरण गर्दै अध्यक्ष ओलीले सन् २०२५ मा नेपालमा मानवजातिकै विरूद्ध नृशंस र दानवीय व्यवहारका रुपमा चित्रित गरे ।

नेपालीपन, नेपाली मनसँग कहीँ पनि नमिल्ने यो घटना यो नेपालका लागि सबभन्दा धेरै असहज रहेको उनले बताएका छन् ।

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  १ : ३८ बजे

प्रचण्डले जितेको गोरखा २ बाट एमालेले चक्रे मिलनलाई अघि सार्‍यो

काठमाडौं- गोरखा क्षेत्र नं–२ बाट फागुन २१ गतेको प्रतिनिधि सभाको

पदमार्गले जोडिए व्यास र बन्दीपुरका घरबास

डुम्रे– पदमार्गले तनहुँका दुई पालिकाका घरबास (होमस्टे) जोडिएका छन् ।

मिर्गौला पीडितहरूद्वारा सहयोगको याचना

गलकोट– मिर्गौलामा समस्या देखिँदा मनिषा १७ वर्षकी थिइन् । उनी

सर्वोच्च अदालतमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानन्यायाधीश राउतसँग अलग्गै वार्ता

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार सर्वोच्च अदालत पुगेकी छन् ।

प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी

नारायणगढ– हालै प्लास्टिक निषेधित क्षेत्र घोषणा गरिएको देवघाटमा यस वर्ष